Comments Add Comment

अस्ट्रेलियाका विद्यार्थीको नेतृत्वमा विजय निर्विरोध

क्रेन्स । अस्ट्रेलियाका झन्डै सात लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रतिनिधित्व गर्ने काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलियाको राष्ट्रिय सम्मेलनले विजय सापकोटालाई अर्को एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । उत्तरपूर्वी सुन्दर सहर क्रेन्समा आयोजित सम्मेलनले विजयलाई नै नेतृत्वमा चुनेको हो ।

उनी अस्ट्रेलियाका विश्वविद्यालयमा नेतृत्वतहमा स्थापित एक मात्र नेपाली विद्यार्थी हुन् । मंगलबार राति संस्थाको अध्यक्षमा सापकोटा पुनः निर्वाचित भएपछि बुधबार बिहानैदेखि उनलाई यहाँका सरकारी अधिकारीहरुले बधाई ज्ञापन गर्न थालेका छन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका युवा संयोजक धर्मराज अधिकारीले पनि बुधबार बिहान टेलिफोन गरेर सापकोटालाई बधाई दिए । उनले भने, ‘शिशाको अध्यक्षमा निर्विरोध निर्वाचित भएर अस्ट्रेलियाका अन्तर्राष्ट्रिय विद्यार्थीको अधिकारका पक्षमा नेतृत्वदायी काम गर्ने अर्को अवसर पाएकोमा विजय सापकोटालाइ बधाई छ । यो यहाँका सबै नेपाली युवाको समेत गौरवको विषय हो । कार्यकाल सफलताको शुभकामना ।’

हरेक वर्ष नयाँ नेतृत्वसमेत चयन हुने भएकाले पनि सम्मेलन फरक भएको नवनिर्वाचित अध्यक्ष विजय सापकोटाले अनलाइनखबरलाई बताए ।

अस्ट्रेलियाका बिभिन्न राज्यका शिक्षालयमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका झन्डै डेढ सय नेता, दर्जनौं विद्वान, व्यवसायी र सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी थिए ।

सम्मेलनको मुख्य नारा ‘ओभर कमिङ्ग ब्यारियर्स’ अर्थात ‘तगाराहरु पन्छ्याउँदा’ थियो । सम्मेलनका बिभिन्न सत्रहरूमा शिक्षा क्षेत्रका अवरोध र त्यसलाई हटाउने उपायबारे बहस भएको थियो । नेपाली आप्रवासन तथा शिक्षा सम्बन्धी परामर्शदाता शम्भु कँडेलले पनि उक्त सम्मेलनको सेशन प्रायोजकका रुपमा भाग लिए र आफ्ना बिचारहरु पनि राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment