Comments Add Comment

तपाईं जुलाईमा जन्मनु भएको हो ? जुलाईमा जन्मनेहरू रहस्यवादी

तपाईंको जन्म कुनै पनि सालको जुलाई महिनामा भएको हो भने एस्ट्रोलोजी भन्छ तपाईंलाई बुझ्न निकै कठिन छ । तपाई अत्यन्त मुडी एवं रहस्यवादी हुनुहुन्छ । कहिले अचानक खुसी हुनुहुन्छ र कहिले दिमागको पारो तात्छ स्वयंलाई समेत थाहा हुँदैन ।

एउटा कुरा जुन तपाईंमा एकदम स्पेशल हुन्छ, त्यो हो- तपाईंको मन । तपाइंको मन अत्यन्त कोमल हुन्छ । अर्को विशेषता के भने तपाइर्ंमा जीवनप्रतिको दृष्टिकोण एकदम क्लियर हुन्छ । कहिले, कति, कहाँ र कसरी बोल्नुपर्छ यो कुरो अरूले पनि तपाईंसँग सिक्दा हुन्छ । तपाईंमा प्रबन्धन क्षमता पनि गजबको हुन्छ ।

तपाईं आफ्नो घरको कुलदीपक हुनुहुन्छ । तपाईंमा प्रतिभा त विशिष्ट हुन्छ तर त्यो उजागर हुन भने विरलै मात्र सम्भव हुन्छ किनभने बिनामतलबको अल्छ्याइँले प्रगति हुन दिँदैन । अरूका लागि कठिन काम तपाईं सहजै गर्न सक्नुहुन्छ तर भरे ‘गरुँला नि’ ‘भइहाल्छ नि’ भन्ने बानीले गर्दा तपाईंबाट उक्त काम हुँदैन । यसलाई यसरी पनि भन्न सकिन्छ, तपाईंको मुड हरेक समय आफ्नो प्रगति हुने काममा पनि बन्दैन तर जब बन्छ नि, तपाईंलाई कसैले रोक्न सक्दैन । प्रसिद्धिको झन्डा गाढेर मात्रै सास लिनुहुन्छ । नराम्रो नमान्नुहोला, तपाई अलिकति डिप्लोमेटिक पनि हुनुहुन्छ ।

जोसँग काम निकाल्नु छ उसलाई आफ्नो प्रशंसक बनाउन कुनै कसर छोड्नुहुन्न र जोसँग आप\mनो कुनै मतलब सिद्ध हुँदैन तीसँग सम्बन्ध राख्ने कुरामा विश्वास गर्नुहुन्न । सामान्य अवस्थामा सार्‍है कुल देखिनुहुन्छ तर जब हट हुनुहुन्छ नि त्यतिबेला तातो तावा त के हो र ! तर अचम्म, मात्र आधा घन्टा वा अझ कम समयमै यस्तो देखिनुहुन्छ कि केही भएकै छैन । तपाईंको क्रोध धेरै बेर टिक्दैन ।

कुनै संस्थाको प्रमुख वा हाकिम हुनुहुन्छ भने तपाईंको अधीनका कर्मचारीहरूले तपाईंको रिस हुँदाहुँदै पनि रुचाउँछन् । घरमा पनि तपाई सबैको पि्रय र पुलपुल्याइएका कारण मान खोज्ने खालको हुनुहुन्छ । यो महिनामा जन्मनेहरू अक्सर खेलाडी वा विजनेसम्यान हुन्छन् । शेयर मार्केटिङको गणितमा सार्‍है कुशल हुन्छन् । गणित कमजोर भए पनि सम्बन्धको गणित भने सार्‍है सुन्दर तरिकाले हल गर्छन् । कहिल्यै पनि पैसाको परवाह गर्दैनन् र यिनीहरू खल्ती कहिल्यै खाली पनि हुँदैन । घर सुन्दर बनाउन सिपालु हुन्छन् ।

प्रेमको सवालमा यिनीहरूजस्तो गहिरो एवं समर्पित व्यक्ति पाउन मुस्किल हुन्छ । खासमा यिनीहरूलाई सहजै कसैसँग प्रेम हुँदैन । यिनीहरू हत्तपत्त कसैसँग प्रभावित हुँदैनन् तर जब हुन्छन् उनीहरूलाई सजिलै छोड्दैनन् । यिनीहरू व्यक्तित्व यति आकर्षक हुन्छ कि कसैलाई आकषिर्त गर्नका लागि अतिरिक्त मेहेनत गर्नै पर्दैन ।

यिनीहरू हतारको सिकार हुँदैनन् । प्रेमको मार्गमा हरेक कदम सोचविचारपूर्वक अघि बढाउँछन् । केही गरी भूलवश गलत कदम चाले पनि तुरुन्तै सम्हालिन्छन् । साथी गलत छन् भने त्यो कुरा यिनीहरूलाई थाहा भइहाल्छ अर्थात् कसैले पनि यिनीहरूसँग कुरा लुकाउन सक्दैनन् । सिक्स्थ सेन्सको प्रयोगका मामिलामा यिनीहरू अब्बल हुन्छन् । यिनीहरूमा सच्चा मानिसको परख गर्ने तागत हुन्छ ।

जुलाईमा जन्मने महिलाहरू समाज कल्याणका लागि जन्मेका हुन्छन् । संघर्षका कारण सिर्जत जतिसुकै पीडा र दुःखमा पनि यिनीहरूको ओठमा मुस्कान नाचेकै हुन्छ । असाधारण प्रतिभा हुन्छ तर उचित समयमा अवसर नमिल्नाले निराश रहन्छन् । यिनीहरूलाई जीवनमा सदैव अरूभन्दा अगाडि रहने प्रबल चाहना हुन्छ त्यसैकारण प्रगति गर्छन् । यिनीहरू सबैको प्यारी त हुन्छन् तर प्रेमको मामिलामा भाग्यले साथ दिँदैन । अत्यधिक संवेदनशील हुने भएकाले निके दुःख पाउँछन् तर मन कोमल एवं कपटरहित हुने भएकाले दुःख सहजै बिर्सन्छन् पनि ।

भाग्यशाली नम्बरः ४, २, ९

भाग्यशाली रंगः सुन्तला, पहेँलो र नीलो

भाग्यशाली दिनः सोमबार, शुक्रबार र शनिबार

भाग्यशाली रत्नः हीरा (चाँदीसँग लगाउने) ज्योतिषीय परामर्श आवश्यक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment