+
+

अंश माग्ने डरले छोरीको जलाएर हत्या !

टोपराज शर्मा टोपराज शर्मा
२०७५ असार २२ गते २१:०१

२२ असार, बुटवल । मट्टतिेल छर्केर जलाइएकी रुपन्देहीको कञ्चन गाउपालिका-५ की १६ वर्षीया किशोरीको उपचारका क्रममा ज्यान गएको छ ।

आफ्नै घरमा सुतेको अवस्थामा जलेर गम्भीर घाइते भएकी समीक्षा ठकुरीको उपचारका क्रममा असार २० गते ज्यान गएको हो । मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।

मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएका उनी केही महिना अघि मात्र बाबुको घरमा आएकी थिइन् ।

समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा-छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् ।

‘घरमा बस्न थालेपछि कहिले कुटे, कहिले खान दिएनन् । कहिले स्कूलको फिस तिर्दिएनन् भनेर सधैं रोएर फोन गर्थी’ समीक्षाकी आमा मायाले अनलाइनखबरसँग भनिन्, ‘घटना हुने दिन पनि बजारबाट साँझ फर्किंदा घर भित्र नपस् भनेर गालीगलौज गरेका रहेछन् ।’

मायाका अनुसार ९ कक्षा पास गरेपछि ‘मम्मी अब म बाबाको घरमा बसेर पढ्छु, तपाईले मात्र खर्च धान्न सक्नुहुन्न’ भनेर समीक्षा बुबासँग बस्न थालेकी थिइन् ।

तर, परिवारका सदस्यले कुटपिट गर्ने, खाना खान नदिने, दुर्व्यवहार गर्ने र सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको स्थानीय अगुवा बोम दर्लामीले बताए ।

आगोले जलेर घाइते भएपछि समीक्षाले आफूलाई हजुरआमाले यस्तो अवस्थामा पुर्‍याएको बताएको सानीआमा रचना बुढाथोकीले दाबी गरिन् ।

‘समीक्षा हरेक विषयमा चासो राख्ने स्वभावकी थिइन्, उनले आमामाथि भएको हिंसा र अत्याचार बुझेकी थिइन्, जान्नेबुझ्ने भएपछि आमामाथि भएको हिंसा र अन्यायको बदला लिन घरमै बसेर लड्छु र अंश लिन्छु भन्न थालेपछि मार्ने योजना अनुसार मट्टतिेल छर्केर आगो लगाइएको हो’ दर्लामीले भने ।

रूपन्देही प्रमुख प्रमुख श्याम ज्ञवालीले भने घटनाको प्रकृतिले हत्या जस्ताे देखिएको तर, परिवार वा कसले भन्ने नसकिने बताए । उनले भने, ‘केही उपचारपछि धेरै कुरा आउन सक्छ भन्ने थियो तर, उनको मृच्यु भयो । तर, हामीले गम्भीर रूपमा लिरूर अनुसन्धान गरिरहेका छौं ।’

मटितेल छर्केर जलाउनु केही हप्ता अघि पनि समीक्षामाथि परिवारका सदस्यहरुले कुटपिट गरेका थिए ।

घटना प्रहरी चौकी, गाउँपालिकाको न्यायिक समितिसम्म पुगेपछि आइन्दा कुटपिट नगर्ने सहमति भएको थियो । तर, त्यसको केही दिनपछि नै फेरि समीक्षामाथि दुव्यवहार शुरु भएको थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?