+
+

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुवास पण्डित सुवास पण्डित
२०७५ असार २६ गते ७:०२
फाइल फोटो

२६ असार, चितवन । वर्षासँग झरेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

सो स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने समेत समस्या भएको उनले बताए । ‘पानी केही कम हुनासाथ पहिरो हटाउन थाल्छौं, प्रहरी, उपकरण र आयोजनाका कामदारहरु सो स्थानमा पुगिसकेका छन्,’ एसपी राठौरले भने, ‘पहिरो हटाएर सडक सञ्चालन गर्न ११-१२ बज्छ होला ।’

घुमाउनेको अलवा जलविरे, तोपेखोला लगायतका केही स्थानमा पनि साना-साना पहिरो खसेर सडकमा थुप्रिएको छ । त्यसलाई समेत हटाउने काम भैरहेको एसपी राठौरले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा रात्रि यात्रामा रहेका यात्रुहरु बीच बाटोमा नै रोकिएका छन् । जतिसक्दो छिटो सडक खुलाएर ति यात्रुहरुलाई पठाउने काम गर्ने एसपी राठौरको भनाइ छ ।

वर्षा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटकपटक पहिरो गएर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुहरु १० घण्टासम्म जाममा बस्न बाध्य छन् । नारायणगढ-मुग्लिन सडक आयोजनाले अहिले वैकल्पिक सडक प्रयोग गर्न भनेको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?