Comments Add Comment

यो इंग्ल्याण्डकै समय हो त ?

२७ असार, काठमाडौं । विश्वकपअघि युवा खेलाडीको टिम इंग्ल्याण्ड कहाँसम्म पुग्ला भन्ने अनुमानमा सेमिफाइनल नै पनि धेरैले सोचेका थिएनन् । तर, जब खेल हुँदै गयो उनीहरुले आफूलाई प्रमाणित गर्दै गए ।

सन् १९५० बाट विश्वकप खेल्न थालेको इंग्ल्याण्डले १९६६ को विश्वकप जितेको थियो । त्यसपछि आधुनिक फुटबलमा इंग्ल्याण्डको चर्चा भइरहे पनि विश्वकपमा उल्लेख्य खेल देखाउन सकेको थिएन ।

विश्वभर चर्चामा रहने सबैभन्दा महंगो फुटबल लिग ‘इंग्लिस पि्रमियर लिग’का कारण पनि इंग्ल्याण्ड फुटबल प्रेमिको रोजाइमा पर्ने गर्छ ।

सन् २०१४ को ब्राजिल विश्वकप र २०१६ को युरोकप हेर्दा इंग्ल्याण्ड टिमको आलोचना हुने गरे पनि रसिया विश्वकपमा निकै भिन्नता देखिएको छ ।

यसपटक इंग्ल्याण्डले समूह चरणमा ट्युनिसियालाई २-१, पानामालाई ६-१ ले हराएको थियो भने बेल्जियमसँग १-० ले हारेको थियो ।

बेल्जियमसँगको हारले तुलनात्मक रुपमा सजिलो बाटोमा पुगेको इंग्ल्याण्ड अप्रत्याशित रुपमा दाबेदार बनेको छ ।

अन्तिम १६ मा कोलम्बियासँग १-१ को बराबरीपछि टाइबे्रकरमा ४-३ ले विजयी भएको इंग्ल्याण्डले क्वाटरफाइनलमा स्वीडेनलाई २-० ले हराएको थियो ।

इंग्ल्याण्ड विश्वकपमा आˆनो १५ औं सहभागितामा अहिले तेस्रो पटक सेमिफाइनलमा छ । इंग्ल्याण्ड सेमिफाइनलमा गएको २८ वर्ष भइसकेको थियो । पछिल्लो पटक सन् १९९० मा सेमिफाइनलमा इंग्ल्याण्ड पश्चिम जर्मनीसँग पराजित भएको थियो ।

सन् १९६६ मा इंग्ल्याण्डमा आयोजना हुँदा, १९९० मा इटालीमा र यसपटक रसियामा गरेर तीनै पटक युरोपियन भूमिमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

सन् १९९० पछि इंग्ल्याण्ड टिममा देखिएको सन्तुलित खेल क्षमता पनि यसैपटक नै हो । यसपटक उनीहरुले आˆनै कीर्तिमान बनाउँछन् भनेर विश्वास गर्ने ठाउँ पनि देखिएको छ ।

यसपटक टाइब्रेकरमा पनि इंग्ल्याण्डले इतिहास नै बनायो । यसअघि तीनपटक टाइब्रेकरमा पुगेर पराजित भएको इंग्ल्याण्डले अन्तिम १६ को खेलमा कोलम्बियालाई टाइब्रेकरमा नै हरायो ।

रसिया विश्वकपमा अहिलेसम्म ६ गोल गरेका इंग्ल्याण्डका हृयारी केन गोल्डेन बुटको दौडमा पनि अघि छन् ।

यसपटक इंग्ल्याण्ड टिममा रहेका युवा खेलाडीहरु आˆनो स्वतन्त्र भूमिकामा खेल्न पाइरहेका छन् । प्रशिक्षक ग्यारथ साउथगेटले खेलाडीहरुको क्षमता बुझेर उनीहरुलाई खुलेर खेल्न मद्धत गरिरहेका छन् ।

रसियामा इंग्ल्याण्डको राष्ट्रिय टिम चम्किरहेको बेला गएको वर्ष उनीहरुको युवा टिमले गरेको प्रदर्शन पनि धेरैले सम्भिmरहेका छन् । सन् २०१७ मा १७ वर्षमुनिको र २० वर्षमुनिको विश्वकपमा इंग्ल्याण्ड टिम विजयी भएको थियो ।

इंग्ल्याण्ड टिमको एउटा मात्रै कुरा बताउन अप्ठ्यारो हुन्छ । जितको तरिका हेर्दा पनिसाउथगेटको टिममा फरकपना देखिएको छ ।

उनीहरु खेलमा आइपर्ने हरेक परिस्थितिका लागि तयार छन् । उनीहरुको खेल व्यवस्थापन राम्रो देखिँदै छ । विपक्षी जो हुँदा पनि उस्तै नै लाग्छन् ।

प्रशिक्षक साउथगेटले पनि विश्वकप सुरु हुनुअघि आफूहरु विजेताको रुपमा नदेखिएको भए पनि खेल हुँदै जाँदा प्रमाणित गर्दै गएको बताएका छन् ।

‘अहिले इंग्ल्याण्डका खेलाडीहरुले बलसँगको आˆनो कला राम्ररी देखाइरहेका छन् । हामी राम्रो फुटबल खेल्ने र सकारात्मक हुने प्रयासमा हुन्छौं’ फिफासँगको कुराकानीमा उनले भनेका छन् ।

यसपटक इंग्ल्याण्ड टिमका देखिएको प्रमुख विशेषता पि्रमियर लिगसँग पनि जोडिएको छ । इंग्ल्याण्ड टिममा रहेका सबै खेलाडी पि्रमियर लिग खेल्ने खेलाडी नै छन् । यसैले पनि उनीहरुको फुटबलको मेल खेलमा देखिएको छ ।

‘हाम्राअघि अझै पनि महत्वपूर्ण खेलहरु बाँकी नै छन् । जे होस् हामी अहिले राम्रो अनुभूति गरिरहेका छौं । हामीमा आत्मविश्वास बढेको छ । अब उपाधि जितेर देशलाई गर्व अनुभूति गराउन चाहन्छौं’ इंग्ल्याण्डका कप्तान हृयारी केनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment