+
+

अनसन स्थगित गर्न डा. केसीलाई सरकारको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ४ गते १७:४०

४ साउन, काठमाडौं । सरकारले आमरण अनसन स्थगित गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ । केसीले असल उद्देश्यले अनसन थालेको भए पनि केही दलले राजनीति गरेको भन्दै सरकारले अनसन स्थगित गर्न आग्रह गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जुम्लामा अनसनरत डा. केसीको जीवन रक्षाका लागि काठमाडौं ल्याउँदा पनि सरकारको आलोचना भएको भन्दै असन्तुष्टि जनाए ।

राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘उहाँको असल मनसायमाथि केही दल र तत्वले गलत ढंगले राजनीति गरेका छन् । यसलाई डा. केसीले बुझ्नुपर्छ ।’ उनले अघि भने, डा. केसीले मैले असल मनसायका साथ गरेको थिएँ तर, कतिपय दलले स्वार्थ सिद्धिको माध्याकम बनाउन थालेकाले अलग भएँ भन्नुपर्छ ।’

सरकारले वार्ता टोली गठन गरिसकेको भन्दै उनले वार्ताबाटै समस्या समाधान गर्नु पर्नेमा जोड दिए । आयोगमार्फत् चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधान गरेर जाने गरी आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै उनले यसमा सहयोग गर्न प्रमुख प्रतिपक्ष कांग्रेसलाई पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?