Comments Add Comment

स्वरोदय विज्ञानः प्राण वायु र स्वस्थ जीवनको रहस्य

शरीर विज्ञान एवं रचना आफैमा अद्भूत छ । आँखा चिम्लेर सोच्नुहोस् त, हाम्रा भित्री अंगहरु कसरी चल्छ ? हामीले खाएको अन्नपानी कसरी शक्तिमा रुपान्तरण हुन्छ ? त्यसले कसरी आँखालाई दृष्टि दिन्छ, मस्तिष्कलाई चेतना दिन्छ ?

जति सोच्यो, उति अनमोल लाग्छ हाम्रो शरीर । यही शरीरभित्र अनेक किसिमको शक्ति छ । त्यो शक्ति तपाईंसँग छ, हामीसँग छ । हरेकसँग छ । तर, दुभाग्र्य चाहि के भने, हामी यति लामो जीवन भोग गरिरहँदा पनि आफैभित्रको शक्तिबारे कुनै भेउ पाउँदैनौ । यस्तै अद्भूत कुरा हो, स्वरोदय विज्ञान ।

के हो स्वरोदय विज्ञान ?

स्वरोदय विज्ञान साससँग सम्बन्धित विज्ञान हो ।

तपाईंले कहिल्यै आˆनो नाकलाई ध्यानले हेर्नुभएको छ ? छ भने सुन्नुस, हाम्रो जीवनमा नाकको उपयोगिता के छ ? यो प्रश्न दिएपछि मात्र अगाडि पढ्नु ठीक हुन्छ ।  तपाईंको उत्तर पनि पक्कै हुन्छ कि नाक हाम्रो प्रमुख ज्ञानेन्ऽिय हो, यसको माध्यमबाटै हामी गन्ध ठम्याउन एवं आवश्यक प्राणवायु ग्रहण गर्न सक्छौँ । तर धेरै लाई एउटा महत्वपूर्ण एवं लाभदायक विज्ञानका विषयमा जानकारी नहुन सक्छ ।

केही गरी तपाईंलाई स्वर-विज्ञान वा स्वरोदय विज्ञानका विषयमा जानकारी छ भने सम्झनुस, तपाईं भाग्यमानी एवं ईश्वरको कृपापात्र हुनुहुन्छ किनभने स्वर विज्ञानका बारेमा जानकारी राख्ने व्यक्ति कहिल्यै पनि विपरीत परिस्थितिमा फस्दैन र फसिहाले पनि सजिलै विपरीत परिस्थितिलाई आफू अनुकूल बनाएर बाहिर निस्कन्छ ।

स्वर विज्ञान एक साह्रै सजिलो विद्या हो ।  यो विद्यालाई  प्रसिद्ध स्वर साधक योगीराज यशपालले ‘विज्ञान’ को नाम दिएर सुशोभित गरेका हुन् । उनका अनुसार स्वरोदय, नाकको प्वालबाट  ग्रहण गरिने श्वास हो, जो वायु रूपमा हुन्छ । श्वास नै जीवको प्राण हो र यसै श्वासलाई स्वर भनिन्छ ।

स्वर चल्ने क्रियालाई उदय हुनु मानेर स्वरोदय भनिएको हो, र विज्ञान, जसमा कुनै विधिबाट  विषयको रहस्य बुझ्ने प्रयास गरिन्छ त्यो विज्ञान हो । स्वरोदय विज्ञान एक सजिलो प्रणाली हो, जसलाई प्रत्येक श्वास लिने जीवले प्रयोगमा ल्याउन सक्छ ।

स्वरोदय एक विज्ञान

स्वरोदय आफैमा पूर्ण विज्ञान हो । यसको ज्ञान हुने व्यक्ति अनेक प्रकारले लाभान्वित हुनथाल्छ।  यसको लाभ प्राप्त गर्नका लागि कुनै कठिन गणित, साधना, यन्त्र-जप, उपवास वा तपस्या आवश्यक पर्दैन। । केवल श्वासको गति एवं दिशाको स्थिति ज्ञात गर्ने अभ्यास मात्र गरे पुग्छ ।

यो विद्या यति सरल छ कि थोरै मात्र प्रयास, लगन एवं आस्था राखेर यसको अध्ययन वा अभ्यास गरियो भने जीवनपर्यन्त यसको असंख्य लाभ  पाइरहन सकिन्छ ।

सूर्य, चन्द्र र सुषुम्ना स्वर

सर्वप्रथम हातले नाकको प्वालबाट बाहिर निस्कने श्वासलाई महसूस गर्ने प्रयत्न गर्नुपर्छ । दायाँ वा बायाँ कुन प्वालबाट श्वास बाहिर निस्किरहेको छ, विचार गर्नुपर्छ ।  स्वरोदय विज्ञानका अनुसार श्वास दाहिने प्वालबाट बाहिर निस्किएको छ भने त्यो सूर्य स्वर हुन्छ।  श्वास देब्रे प्वालबाट बाहिर निस्किएको छ भने चन्ऽ स्वर हुन्छ र दुवै प्वालबाट बाहिर निस्किरहेको छ भने  त्यसलाई सुषुम्ना स्वर भनिन्छ।  श्वास बाहिर निस्कने यी तीन क्रिया नै स्वरोदय विज्ञानको  आधार हो ।

सूर्य स्वर पुरुष प्रधान हुन्छ । यसको रंग कालो हुन्छ ।  यो शिव स्वरूप हुन्छ ।  यसको विपरीत चन्द्र स्वर स्त्री प्रधान, रंग गोरो एवं शक्ति अर्थात् पार्वतीको स्वरूप हुन्छ ।

खासमा इड़ा नाड़ी शरीरको बायाँतर्फ रहेको हुन्छ भने पिंगला नाड़ी  दाहिनेतर्फ हुन्छ अर्थात इड़ा नाड़ीमा चन्द्र  स्वर स्थित हुन्छ भने पिंगला नाड़ीमा सूर्य स्वर । सुषुम्ना नाडी बीचमा रहेको हुन्छ तसर्थ दुवै तर्फबाट निस्कने श्वासलाई सुषुम्ना स्वर भनिन्छ ।

स्वर चिन्ने सरल विधि

शान्त भावले मन एकाग्र गरेर बस्ने ।  आफ्नो दायाँ हातलाई नाकको प्वालनजिक लैजाने ।  चोरी  औंला नाकको प्वालमुनि राखेर श्वास बाहिर फाल्ने । यसो गर्दा कुनै एक प्वालबाट श्वास बढी आएको थाहा हुन्छ । जतापट्टबिाट बढी श्वास निस्किएको छ त्यही स्वर चलिरहेको बुझ्न सकिन्छ ।

एउटा प्वालबाट बढी तथा अर्कोबाट कम श्वास निस्किएको महसुस भयो भने त्यो सुषुम्ना स्वर हो भन्न सकिन्छ ।

एक अअर्को विधिअनुसार ऐना वा सिसालाई नाकको प्वाल मुनि राख्ने ।  जुन प्वाल मुनिको सिसामा वाफको कण देखिन्छ, त्यही स्वर चलिरहेको बुझ्न सकिन्छ ।

हाम्रो धर्म मा पनि यो कुराको उल्लेख पाइन्छ कि कुनै पनि शुभ कार्य गर्नुअघि आˆनो स्वर कुन चलिरहेको छ त्यो पत्ता लगाउनु पर्छ अनि मात्रै सफलता प्राप्त हुन्छ ।

स्वास्थ्यका दृष्टिले पनि स्वर विज्ञानको विशेष महत्व छ । हाम्रा कुशल वैद्यहरूले यसै विधिबाट  मानिसको शारीरिक एवं  मानसिक अवस्था आकलन गर्छन् ।

के हो शिव स्वरोदय ? यसको प्रयोग सुरु गरौँ साउनमा, हुन सकिन्छ निरोगी

सुखी, समृद्ध र निरोग रहने अचूक तरिका हो शिव स्वरोदय

साउन शिवको महिना। शिवभक्तहरू यो महिनामा विशेष उत्साहित हुने गर्छन् ।  शिव कृपा प्राप्त गरी जीवनमा सफलता एवं सौहार्दको सुवास फैलाउन अनेक कृत्य गरिन्छ तर के त्यसबाट इच्छित लाभको सहज प्राप्ति सम्भव छ ? प्रश्न सकिन्न । उत्तर पाइन्न ।

यसैलाई दृष्टिगत गरी यहाँ शिव स्वरोदयका विषयमा चर्चा गरिएको छ । यो सबैका लागि लाभदायक भए पनि विशेष रूपले शिवसँग लगाव भएका साधकहरूका लागि उपयोगी छ ।

आˆनो स्वरलाई चिन्नसक्ने व्यक्ति अधिक समय अस्वस्थ रहन सक्दैन ।  संघर्षपूर्ण जीवनमा उसले सायदै पराजयको मुख देख्नुपर्छ। धन-सम्मान-पद आदिका लागि विचार गरिरहन आवश्यक हुँदैन ।  यस्ता व्यक्ति अरूको सहायता गर्न सक्षम हुनुका साथै आˆनो इच्छा भएका कुरा सहजै प्राप्त गर्नसक्ने हुन्छन् ।

शिव स्वरोदय साधकहरूको भाषा हो ।   हाम्रा पुर्खाहरूले प्रयोगमा ल्याएका यो विधा अहिले लुप्तप्रायः भएको छ । तथापि यससम्बन्धी पुस्तक तथा अन्य सामग्री बाजारमा उपलब्ध छन् ।  योग्य गुरुको  निर्देशनमा यसको अभ्यास गरेर यससम्बन्धी विशेषज्ञता हासिल सकिन्छ ।

शिव स्वरोदय

स्वरोदय विज्ञान आधारित अत्यन्त प्राचीन ग्रन्थ हो ।  यसमा कुल घढछ श्लोक छन्।  यो ग्रन्थ शिव-पार्वती संवादका रूपमा लेखिएको छ ।  शायद यसकारण कि सम्पूर्ण सृष्टिमा समष्टि र व्यष्टिको अनवरत संवाद चलिरहन्छ अनि योगी अन्तर्मुखी भएर योगद्वारा यो संवाद सुन्छ, बुझ्छ र आत्मसात गर्छ ।  यो ग्रन्थको रचयिता साक्षात् देवाधिदेव भगवान शिवलाई मानिन्छ ।

शिव स्वरोदय साधना जानेपछि निम्न कुरामा ध्यान राखौँ,

१. बिहान उठेपछि ओछ्यानमै बसेर आँखा बन्द गरी कुन नाकबाट सास चलिरहेको छ त्यो पत्ता लगाउने । बायाँ नाकबाट सास चलिरहेको भए दक्षिण वा पश्चिमतर्फ मुख फर्काएर तथा दायाँ नाकबाट सास चलिरहेको भए उत्तर वा पूपूर्वतिर मुख फर्काएर बस्ने । अनि जुन नाकबाट सास चलिरहेको छ, त्यतातिरकै हातको हत्केलाले अनुहारमा त्यतैपट्टकिो भाग स्पर्श गर्ने ।

२. उक्त कार्य गर्ने समयमा दाहिने स्वर चलेको भए सूर्यको ध्यान गरी सूर्यको किरण आएर आफ्नो   हृदयमा प्रवेश गरेर शरीरलाई शक्ति प्रदान गरिरहेको छ भनेर अनुभव गर्ने ।  बायाँ स्वर चलेको भए पूणिर्माको चन्द्रमा लाई ध्यान गर्ने र चन्द्रमाको किरण हृदयमा प्रवेश गरेर अमृत बर्साइरहेको अनुभव गर्ने ।

३. यसपछि दुवै हत्केलालाई आवाहन मुमुडमा मिलाएर आँखामा लगाई आँखा खोल्ने र जुन नाकबाट स्वर चलिरहेको छ,  त्यसै हातको हत्केलाको चोरी औंलाको फेदमा ध्यान केन्द्रित  गर्ने ।  यसपछि हातमा निवास गर्ने देवी-देवताको दर्शन गर्न प्रयास गर्दै निम्नलिखित श्लोक पढ्ने ।

कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती ।

करमूले तु गोविन्द प्रभाते करदर्शनम् ।।

अर्थात कर(हात) को अग्र भागमा लक्ष्मी, बीचमा सरस्वती र फेदमा  स्वयं गोविन्द निवास गर्छन् ।

४. तत्पश्चात् निम्नलिखित श्लोकको उच्चारण गर्दै पृथ्वी मातालाई स्मरण गर्दै तन्त्र र योग शास्त्रमा  वणिर्त पृथ्वीको स्वरूप ध्यान गर्ने ।

समुऽवसने देवि पर्वतस्तनमण्डले ।

विष्णुपत्नि नमस्तुभ्यं पादस्पर्शं क्षमस्व मे।।

अनि जुन स्वर चलिरहेको छ, त्यतै तर्फको हातले माता पृथ्वीलाई स्पर्श गर्ने र त्यतै पट्टकिो पाइला जमीनमा राखेर ओछ्यानबाट ओर्लने ।

आˆनो दिनचर्याको निम्नलिखित कार्य स्वरअनुसार गर्ने

-शौच सदैव दायाँ स्वर चलेका बेलामा तथा मूत्रत्याग बायाँ स्वर चलेका बेलामा गर्ने ।

-भोजन दायाँ स्वर चलेका बेलामा तथा भोजनपछि तुरुन्तै १०-१५ मिनट बायाँ कोल्टो फर्केर पल्टने।

३. पानी बायाँ स्वर चलेका बेला पिउने ।

४. दाहिने स्वर चलेका बेलामा सुत्ने र देब्रे स्वर चलेका बेलामा उठ्ने ।

स्वरअनुसार काम गर्दा शुभ परिणाम प्राप्त हुन्छ

-घरबाहिर निस्कँदा जुन स्वर चलिरहेको छ, त्यतैको पाइलो पहिले चाल्ने ।

-अरूको घरमा प्रवेश गर्दा दायाँ स्वर चलेको भए उत्तम हुन्छ ।

-जनसभा सम्बोधित गर्न वा अध्ययन प्रारम्भ गर्नका लागि बायाँ स्वर चलेको समय राम्रो हुन्छ ।

-ध्यान, मांगलिक कार्य आदि प्रारम्भ, गृहप्रवेश आदिका लागि बायाँ स्वर चलेको समय उत्तम हुन्छ ।

-लामो यात्रा बायाँ स्वरको प्रवाहकालमा तथा छोटो यात्रा दायाँ स्वरको प्रवाहकालमा प्रारम्भ गर्नु शुभ हुन्छ ।

-दिनमा बायाँ स्वर तथा रातमा दायाँ स्वर चल्नु शारीरिक, मानसिक, बौद्धिक एवं आध्यात्मिक दृष्टिले सर्वोत्तम मानिएको छ ।

यसरी विस्तार-विस्तार एक-एक गर्दै स्वर विज्ञानको कुरा अपनाउदै जीवनमा अभूतपूर्व सफलता प्राप्त गर्न सकिन्छ । यससम्बन्धी विशेष जानकारी चाहिएमा शिव स्वरोदय नामक पुस्तक पढ्न तथा यस विषयको जानकार व्यक्तिसँग सोध्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment