+
+

रवीन्द्र मिश्रलाई पितृशोक, मनुजबाबु मिश्रको निधन

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २३ गते १०:३२


२३ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ ।

मिश्रका बुबा वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो ।

आफ्नै निवासमा सुतेको अवस्थामा बिहान दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

८३ वर्षीय मनुजबाबु लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित थिए ।

मिश्रको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ समेत प्रकाशित छ ।

कान्छो छोरा विदेशबाट आएपछि अन्त्येष्टि गरिने बताइएकाे छ ।

दिवंगत मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?