+
+

नेकपाको सरकार नभएको भए देश भयानक संकटमा : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २५ गते १९:१३

२५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने दावी गरेका छन् ।

अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुर्‍याएको थियो भन्दै उनले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताए ।

प्रदेश ५ का बाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुसँगको भेठमा उनले भने ‘हामीले विकास र निर्माणका ठूला-ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं ।’

कम्युनिष्ट पार्टीको सरकार बनेकोमा कसैलाई असहृय भएको भन्दै प्रधानमन्त्री ओलीले जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएकाले देशको आर्थिक-सामाजिक रुपान्तरण गरेरै देखाउनुपर्ने बताए ।

उक्त अवसरमा नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुको काम-कारबाहीका साथै यो आर्थिक वर्षको वजेटका विषयमा धारणा राखेका थिए ।

सांसदहरुले बाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?