+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कर निर्धारण गर्न वित्तीय आयोग बन्छ : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १ गते १९:२७

१, भदौ, चितवन । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले अहिले देखिएको कर सम्बन्धी विवाद र अराजकता अन्त्य गर्न सरकारले वित्तीय आयोग गठन गर्ने बताएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले पासआउट भएका विद्यार्थीहरुको बिदाइ कार्यक्रममा नेता शर्माले जथाभावी र आआफ्नो ढंगले लिइएका करलाई व्यवस्थित, पारदर्शी र प्रगतिशील बनाउन वित्तीय आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिए ।

जनतामा सरकारप्रति उत्पन्न भइरहेको असन्तुष्टिलाई पार्टीले स्वभाविक रुपमा लिएको भन्दै नेता शर्माले केही समयमा नै निराशा र असन्तुष्टि आशामा बदलिने बताए । विगतका सरकारहरुले थोपरेको फोहर सफा गर्दै अघि बढ्नुपर्ने दायित्व अहिलेको सरकारको काँधमा आएको भन्दै नेता शर्माले भने ‘त्यसमा सफा गरेर जनअपेक्षा अनुसार काम गर्ने की त्यसमा नै रमाउने भन्ने अहंम् प्रश्न खडा भएको छ ।’

उनले फोहरमा नै रमाउने मन्त्रीहरुलाई पनि पार्टी हटाउने संकेत गरे । सरकारको सफलता राष्ट्रको सफलतासँग जोडिएको भन्दै नेकपालाई असफल हुने छुट नरहेको नेता शर्माको भनाइ छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय देशकै प्राविधिक जनशक्ति उत्पादन गर्ने थलो भएकोले यसले राज्यले गरेको विश्वासमा कुठराघात गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?