१८ भदौं, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचकमा १५.९८ अंकले वृद्धि भएको हो ।
१ हजार १ सय ९० दशमलव ५५ अंकबाट शुरु भएको कारोबार दिउँसो २४ अंकले बढेर १ हजार २ सय १३ अंक भन्दा माथि पुगेको थियो ।
त्यसपछि केहीबेर ओरालो लागेको सेयर बजार कारोबार सकिने बेलामा १ हजार २ सय ६ दशमलव २६ अंकमा पुगेको छ । यस अघि आइतबार नेप्से परिसूचक ८ दशमलव ८९ अंकले बढेको थियो ।
नेप्से परिसूचकसँगै सोमबार कारोबारमा समेत उल्लेख्य सुधार आएको छ । दिनभरमा भएका ५ हजार ९ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार २४ करोड रुपैयाँभन्दा बढी रकमको सेयर कारोबार भएको हो । आइतबार ३० करोड २५ लाख ९७ हजार २०१ रुपैयाँको कारोबार भएको थियो ।