३१ भदौ, विराटनगर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले प्रदेश १ को संसदमा प्रवेश पाएको छ । हत्यामा संलग्नलाई सरकारले पक्राउ नगरेको भन्दै प्रदेश १ को संसदमा संसदहरुले केन्द्र सरकारको आलोचना गरेका हुन् ।
प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेसका संसद ज्योती सुब्बाले बालिका निर्मला पन्तको बालात्कारपछि हत्या भएको यतिका समयसम्म सरकार संलग्नको नजिक पुग्नु नसक्नु शंकाष्पद भएको बताइन् । उनले निर्मलाका परिवारलाई न्याय दिलाउने बिषयमा प्रदेश सरकारमार्फत केन्द्र सरकारको ध्यानाकर्षण गराउन आग्रहसमेत गरिन् ।
अर्की संसद विन्दा कार्कीले बालिका निर्मला पन्तको घटनालाई राजनीतिकरण गरिएकोले उनको परिवारलाई न्याय दिलाउन सरकार चुकेको बताइन् । उनले पछिल्ला समय मुलुकमा हत्या हिंसा र बलात्कारको घटना बढेको भन्दै सरकारले प्रत्याभुत गराउने सुशानन काँहा छ भनी सरकारप्रति प्रति प्रश्न गरिन ।
यसैवीच बालिका निर्माला पन्तको बलात्कारपछि गरिएको हत्याको घटनाको सत्य तथ्य सार्बजनिक गर्न माग राख्र्दै महिला अधिकारको क्षेत्रमा कार्यरत महिला मानव अधिकार रक्षकहरुले एक नम्बर प्रदेश संसद भवन अगाडि धर्ना दिएका छन् ।
प्रदेश सभा भवनको निषेधित क्षेत्र अगाडीको भागमा बसेर सांसद जाने मुख्य सडकमा कालोपार्टी बाधेर उनीहरु धर्नामा बसेका थिए । महिला मानवअधिकार रक्षकहरुकोे ४ महिने अभियान अन्तर्गत हस्ताक्षर अभियान चलाएको थिए ।
महिला मानव अधिकार रक्षकहरुको चलाएको हस्ताक्षर अभियानमा नेकपामा सांसदहरुलेपनि सहभागी भएर महिलामाथि हुने हिंसाको बिरुद्धको कार्यक्रममा एकबद्धता जनाएका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4