११ असोज, कैलाली । प्रदेश ७ को राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएसँगै बिरोध र खुसीयाली सुरु भएको छ ।
स्थायी राजधानी गोदावरी नगरपालिका-४ तेघरीमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि त्यसको स्वागत गर्दै कैलालीको अत्तरियामा र्याली निकालिएको छ ।
गोदावरी नगरपालिकाको अगुवाइमा निकालिएको र्यालीमा नगर प्रमुख, उपप्रमुख, विद्यार्थीलगायत स्थानीहरुको सहभागिता रहेको थियो ।
र्यालीपछि उनीहरुले अत्तरियामा चोकमा कोणसभा समेत गरेका छन् । कोण सभामा बोल्दै नगर प्रमुख हरिसिंह साउँदले प्रदेशको राजधानी गोदावरीमा घोषणा गरेकोमा खुशी व्यक्त गर्दै गोदावरी धार्मिक क्षेत्र र सबैलाई पायक पर्ने ठाउँ भएकोले सबैले यसको स्वागत गर्नु पर्ने बताए ।
अत्तरियामा राजधानीको विषयलाई स्वागत गरिदा यता धनगढी भने वन्द गरिएको छ । अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी घोषणा गर्नु पर्ने भन्दै आन्दोलनरत पक्षले आज धनगढी बन्दको घोषणा गरेका हुन ।
उता लामो समयदेखि राजधानी कै विषयलाई लिएर अन्दोलनरत डोटीका स्थानीयहरुले समेत सुदूरपश्चिमको पुरानो र सबैलाई पायक पर्ने दिपायलमा नै राजधानी हुनुपर्ने भन्दै आजदेखि अनिश्चिकालीन आम हड्तालको घोषणा गरेका छन् ।
बन्दका कारण धनगढी र डोटीको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया 4