+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वाइडबडी खरिद प्रकरण : प्रक्रिया र मूल्यमा महालेखाले प्रश्न उठायो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते २०:०८

१२ असोज, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाल एयरलाइन्सको हालै ल्याएको दुई वटा वाइडबडी विमान खरिद प्रक्रिया र मूल्यमाथि प्रश्न उठाएको छ ।

संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले खरिद प्रक्रिया त्रुटीपूर्ण रहेको बताए । साथै मूल्यमा पनि प्रश्न गरेका छन् ।

शर्माका अनुसार नेपाल एयरलाइन्सको आर्थिक विनियमावली २०६२ को विनियम २३६ को १ मा नयाँ विमान खरिद गर्नेसम्बन्धी प्रक्रिया तोकिएको छ भने २ मा पुराना विमान खरिद प्रक्रिया छ ।

वाइडबडी खरिद गर्दा पुरानो विमान खरिदको प्रक्रिया अबलम्वन गरिएको पाइएको छ । ‘नयाँ विमान किन्दा विमान उत्पादक कम्पनीबाट आरएफटी आहृवान गरेर गर्नुपर्ने थियो । यसमा त्रुटी देखिएको छ’ शर्माले भने, ‘नयाँ विमान किन्नुथियो भने किन मिडिएटरहरुसँग जानुभयो ।’
महालेखा परीक्षक शर्माले अघि भने, ‘एयर बससँग किन्नुपर्ने हो भने सिधै किनेको भए हुन्थ्यो ।’

दुई वटा बाइडवडी विमान २० करोड ९६ लाख डलरमा कारोबार गर्ने सहमति भएको थियो, जसमध्ये ८ करोड सुरुमै बुझाइएको थियो ।
‘विमानको मूल्य उत्पादक कम्पनी एयर बसले उपलब्ध गराउँछ । उसबाट मूल्य लिएर तुलना गएको भए थाहा हुन्थ्यो । यो पनि गरिएको पाइएन’ शर्माले भने ।

वैठकमा समिति सदस्यहरुले वाइडबडी खरिदमा अनियमितता भएको भन्दै जवाफ माग गरेका थिए । वारेन्टी, ग्यारेन्टी लगायतका प्रश्न पनि आएको भन्दै महालेखा परीक्षक शर्माले बाइडवडी खरिदको यथार्थ विवरण खोजी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?