+
+
Shares

हिल्सा-जमुनाहा द्रुतमार्गमा प्रारम्भीक सहमति जुट्योः मुख्यमन्त्री शाही

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते १३:१९

१३ असोज, सुर्खेत । हिल्सा-जमुनाहा द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न तीन सहमत भएको छ ।

चीनको साताब्यापी भ्रमणबाट फर्किएका कणर्ाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार हिल्सा-जमुनाहा द्रुतमार्गबारे प्रारम्भिक सहमति भएको छ । हिल्सा-जमुनाहा द्रुतमार्ग कणर्ालीको विकास र समृद्धिको मेरुदण्ड भएको उनले बताए ।

‘चाइना रेलवे कम्पनीसँग भएको प्रारम्भिक सहमति अनुसार सम्भाव्यता अध्ययनपछि प्रतिवेदन प्रदेश सरकारलाई वुझाउँछ’ मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारसँग सम्झौतापछि यो द्रुतमार्ग निर्माणको काम अगाडि वढ्छ ।’

चीन भ्रमणमा कर्णाली एअरलाईन्स स्थापना, पर्यटन पुर्वाधारको विकास, जडीवुटी प्रशोधन, प्रादेशिक विमानस्थल निर्माण लगायतका विषयमा छलफल भएको उनले बताए ।

शाहीले आफ्नो चीन भ्रमण द्धिपक्षीय हित र प्रदेशको विकासका लागि अन्तराष्ट्रिय लगानीको वातावरण वनाउन निकै उपलब्धीपुर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?