+
+

सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको छः गृहमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते १३:५७

१३ असोज, गुल्मी । गृहमन्त्री रामबहादुर थापा वादलले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गृहमन्त्री थापा बादलले सरकारले राम्रो काम गर्दा घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘अहिले जुन सरकार आएको छ, यसले देशलाई सम्बृद्ध बनाउन र सुशासन कायम गर्न काम गरिरहेको छ’ उनले भने, ‘भ्रष्टहरुलाई कारबाही गर्ने, बलात्कारीहरुलाई कारबाही गर्ने, तस्कर र ठगहरुलाई कारबाही गरिरहेको हुनाले उनीहरु जुर्मुराइरहेका छन् र यो सरकारलाई कसरी गिराउने भनेर षड्यन्त्र भइरहेको छ ।’

बलात्कारहरुलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले महिलाहरु पनि जागरुक हुनु पर्ने बताए ।

जनस्तरमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेकोतर्फ संकेत गर्दै उनले यो सदनमा पनि उठ्नु पर्ने बताए । गृहमन्त्री थापाले भने, ‘जनता र सरकार मिले मात्रै बलत्कार अपराधीलाई कठोर भन्दा कठोर सजाय दिन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?