+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

‘म यस्तो गीत गाउँछु’ युटुबमा, तर नेपालबाट हेर्न नमिल्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते १२:२६

गतबर्षका पहिलो सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ रिलिज भएको करिब १५ महिनापछि युटुबबाट रिलिज गरिएको छ । तर, यो चलचित्रलाई नेपालबाट भने युटुबमा हेर्न मिल्ने छैन ।

बुढासुब्बा डिजिटलले अपलोड गरेको यो चलचित्र नेपाल बाहिरका दर्शकका लागि मात्र हेर्न मिल्ने बनाइएको छ । संभवत, युटुबमा रिलिज भएको कुनै पनि नेपाली चलचित्रलाई पहिलो पटक यो शैलीमा सार्वजनिक गरिएको हो ।

पछिल्लो समयमा युटुबमा चलचित्र रिलिज हुँदा नेपाली चलचित्र हेर्न दर्शक हलसम्म जान छाडेको बहस सुरु भएको छ । युटुबमा केही महिनामै चलचित्र आउने र निशुल्क हेर्न मिल्ने भएपछि दर्शक हलसम्म जान छाडेकाले युटुबमा चलचित्र रिलिज गर्नबाट निर्माताहरु हच्किन थालेका छन् ।

बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले भने-‘हामीले पहिलो पटक यो शैली अपनाएका हौ । नेपालबाट भ्यूज राम्रो गएपनि पैसा आउँदैन । अर्कोतिर, नेपाली चलचित्रलाई युटुबमा राखेतापनि नेपालमा हेर्न नमिल्ने बनाउँदा के हुँदो रहेछ भनेर हामीले प्रयोग पनि थालेका हौ ।’

उनका अनुसार, युटुबमा नेपाली चलचित्र राखेतापनि नेपालबाट हेर्न नमिल्ने र दर्शकलाई हलमै गएर हेर्न आकषिर्त गर्न पनि यो शैली अपनाउन आवश्यक रहेको उनले बताए ।

तर, एनटीसीको नेटबाट मोबाइलमा हेर्न मिल्ने उनले बताए । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा पूजा शर्मा र पल शाहको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?