आफ्नो विवाहलाई विशेष र अविस्मरणीय बनाउन हरेक व्यक्तिले कयौ सपना बुनेका हुन्छन् । तर, बिवाहको दिनमा गरिने स-साना गल्तीले पनि माहोल बिगि्रन सक्छ ।
आखिर यही दिनले तपाईंको जीवनमा नयाँ मोड ल्याउने हो । त्यसैले विवाह वन्धनमा बाँधिनुअघि यी कुराहरुमा विशेष सजगता अपनाउन जरुरी छ :
रिसबाट टाढा
विवाहमा धेरैजसो बेहुली घरको सजावट र मेकअपलाई लिएर तनावमा रहने गर्छन् । त्यही तनावका कारण उनीहरुलाई रिस पनि छिटो उठ्ने गर्छ । तर, बेहुली नै धेरै रिसाइन् भने सोच्नुस् त, घरपरिवारलाई कति बोर होला ? त्यसैले, विवाहको दिन बेहुलीले रिसलाई आफ्नो छेउछाउ ढिम्किन पनि दिनु हुँदैन ।
पहिल्यै प्याकिङ
कयौ दुलही आफ्नाे लत्ताकपडा, गरगहना तथा भित्री वस्त्रलाई पछि प्याक गरौला भनेर छोड्ने गर्छन् । जसले गर्दा अन्तिम समयमा केही न केही छुटेकै हुन्छ । त्यसैले, हुनेवाला दुलहीले विवाहको दुई-तीन दिन अगाडी नै सबै प्याकिङ्ग गर्दा राम्रो हुन्छ । किनकी विवाहको दिन त भ्याइनभ्याई हुन्छ ।
भड्काउनेसँग सावधान
विवाहको दिन आउने महिलाहरु प्रायः श्रीमानको परिवारको बारेमा सोधखोज गर्छन् । नानाथरीका कुरा उप्काउँछन् र भड्काउन पनि खोज्छन् । यस्तोमा बेहुली संयमित हुन जरुरी छ । उनले सकारात्मक कुरा मात्र मनमा राख्नुपर्छ । नकारात्मक मनस्थिति लिएर नयाँ घरमा जाँदा त्यहाँको माहोलसमेत बिग्रन सक्छ ।
घरको काम अरुलाई
विवाहको दिन कयौ धार्मिक-सांस्कृतिक प्रक्रिया हुन्छन् । घर-परिवार, इष्टमित्र, नातागोताको पनि बिशेष ध्यान राख्नुपर्छ । घरको स-साना काम पनि गर्नुपर्ने हुनसक्छ । तर, बेहुलीले यी काममा आफैं भिड्नु हुन्न । घरका अन्य सदस्यलाई काम जिम्मा लगाउनु पर्छ । बिबाहको दिन दुलही मानसिक तथा शारीरिक रुपमा रिल्याक्स हुन जरुरी छ । तनाव बढि लिएमा दुलहीको अनुहारको चमक उड्न सक्छ ।
कसैलाई नराम्रो नगर्ने
विवाहको चटारोमा कयौ कुरा नचाहँदा नचाहँदै पनि बिर्सिन सक्छ । तर, यसैमा निहुँ खोजेर बखेडा गर्नुको सट्टा विवाहलाई यादगार बनाउनतिर लाग्नुपर्छ । विवाहकै लागि परिवारका सदस्यले कति मेहेनत गरेका छन् भन्ने कुरा हामीले कुनै हालतमा विर्सनु हुँदैन ।
प्रतिक्रिया 4