+
+
Shares

काभ्रेका दुई खानेपानी उद्योगमा शिलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १७:०२

१८, असोज, काभ्रे । काभ्रेका दुई खानेपानी उद्योगमा स्थानीय प्रशासनले शिलबन्दी गरेको छ ।

बनेपा नगरपालिका ८ बनेपा बजारमा सञ्चालित तृप्ति एण्ड वेवरेज प्रालि र बनेपा १० जनागालमा सञ्चालित हिमालयन मेलम्ची उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरेको हो ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । खानेपानी उद्योग सञ्चालनका लागि आवश्यक मापदण्डसमेत अपुग रहेको भेटिएको उनले बताए ।

खाद्य विभागका अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीका अनुसार जिल्लामा रहेका खानेपानी उद्योगहरुको अनुगमन गर्ने क्रममा हिमालयन मेलम्चीमा ल्यावटेस्टमा नै खराबी देखिएको थियो ।

कोलिर्फम र हेरेफिकको मात्रा उत्पादन धेरै देखिएको उनले जानकारी दिए । उनले भने, ‘दुवै उद्योगमा नयाँ मापदण्ड र सरसफाइ अनि शिलबन्दीमा गरेको खेलाचि गरेकै कारण हामीले यिनीहरुको उद्योगमा नयाँ पानी उत्पादन र बिक्रीमा रोक लगाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?