Comments Add Comment

ट्रक र माइक्रो बस दुर्घटनाः मृतकको संख्या ६ पुग्यो

२० असोज, बाँके । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ ।

चार जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको एसपी अरुण नेपालले जानकारी दिए ।

उनले मृतकको परिचय नखुलेको बताए ।

दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान ९ः२० बजे राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment