+
+

जर्नादनको प्रश्नः तीन दिनमा हुने काम दुई अध्यक्षले वर्ष दिनमा किन गरेनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २० गते १८:११

२० असोज, काभ्रे । नेकपाका नेता जर्नादन शर्मा ‘प्रभाकर’ले पार्टी एकता प्रक्रिया लम्बिएकोमा असन्तुष्टि जनाएका छन् ।

बनेपामा आयोजित एक कार्यक्रममा शर्माले पार्टी एकता प्रक्रिया लम्बिएकै कारण सरकार पार्टीविहीन जस्तो भएको बताए । ‘मैले तीन दिनमा सक्ने काम दुई अध्यक्षले वर्ष वित्न लाग्दा किन सक्नु भएन ?’ उनले भने, ‘सरकार पार्टीविहीन भएको छ, सरकारको पक्षमा बोल्ने कि नबोल्ने अन्यौलमा छौं ।’

सरकारले रणनीतिक कुरा मात्रै गरेको र जनतालाई तत्काल सेवा सुविधा दिनेतर्फ नलागेको भन्दै असन्तुष्टि जनाए ।

सरकार फोहोरी राज्य सत्ता सफा पार्न लागेको भएपनि केही मन्त्री त्यही फोहोरमा नै डुब्ने खतरा रहेको दाबी गरे । ‘विभिन्न व्यवस्थाविरुद्ध हामी लडेर यहाँ सम्म आउँदा फोहोरी सत्ता समालेकाहरुको विरोध गरिरहेँ’ उनले भने, ‘अब हामीले बनाएका मन्त्रीज्यूहरु नै फोहोरमा हराउने त होइन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?