+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उत्तर कोरियाले दक्षिणलाई दियो २ टन च्याउ उपहार

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते ११:३८

उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले दक्षिण कोरियालाई २ टन च्याउ उपहार दिएका छन् ।

नेता किमलाई शान्तिको प्रतीकका रुपमा दक्षिण कोरियालाई च्याउ उपहार दिएको बताइएको छ । कोरियन शिखर सम्मेलनका क्रममा उत्तर कोरियाले यस्तो घोषणा गरेको थियोे ।

हालै दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा गएका बखत उत्तरले घोषणा बमोजिमको च्याउ दक्षिण कोरिया पठाएको हो । उपहार दिइएको सल्ले च्याउ विशेष प्रजातिको च्याउ मानिन्छ ।

दक्षिण कोरियाली राष्ट्रपति मून जे इनका अनुसार कोरिया विभाजनबाट अलग्गिएका परिवारहरुलाई उक्त उपहारको च्याउ वितरण गरिनेछ । झण्डै ४ हजार परिवारले आधा आधा किलोका दरले च्याउ प्राप्त गर्नेछन् ।

लामो समय शत्रुवत् रहेका उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा सम्बन्ध सुमुधूर हुँदै गएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?