+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महानगरले घरभाडा कर उठायो तर घरभाडा ऐन ल्याएनः दामु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते २०:०८

पोखरा, २४ असोज ।  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले पोखरा महानगरपालिकाले कर लिन मात्रै जोड दिएको आरोप लगाएका छन् ।

पृथ्वी होटल व्यवसायी समितिले संघका अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्न र चाडपर्वको शुभकामना आदानप्रदान लागि गरेको कार्यक्रममा उनले महानगरपालिकाले आफ्नो कर्तव्य पालना नगरी कर मात्रै लिने गरेको बताए ।

घरभाडा विवाद टुंग्याउन घरभाडा ऐन बनाउनुपर्नेमा जोड दिदै उनले भने, ‘पोखरा महानगरपालिकाले घरभाडा कर चाहिं उठायो, तर घरभाडा ऐन बनाउन भने चासो दिएको छैन ।’ घरभाडा ऐन बनाउन सकेमा घर धनी र घरभाडामा लिनेहरुको समाधान गर्न सकिने उनको भनाइ छ ।

अध्यक्ष अधिकारीले पोखराका उद्योगी, व्यवसायीको समस्यादेखि समग्र पोखराको विकासमा सबै संघसंस्था बीच हातेमालो गर्नु आवश्यक रहेको बताउँदै यसका लागि अपिल गरे । उनले सरकारले चाहे पृथ्वीचोकको बसपार्क, पार्किङलगायतका समस्या समाधान गर्न सकिने उल्लेख गरे ।

स्थानीय सरकारको पहलमा पालिखेचोकको समस्या समाधान भएकाले अब अन्य ठाउँको पनि ईच्छाशक्ति देखाउन सके समाधान गर्न सकिने उनले बताए । पोखरा बसपार्क, नीजि क्षेत्रको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पृथ्वी होटल व्यवसायी समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले पृथ्वीचोकलाई लेकसाइडजस्तै बनाउन सकिने र त्यसका लागि पोखरा उद्योग वाणिज्य संघले सघाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?