+
+

हिमालयन बैंकद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते १७:१०

२६ असोज, काठमाडौं । हिमालयन बैंक लिमिटेडले वषिर्कोत्सवका अवसरमा विभिन्न क्षेत्रका सामुदायिक विद्यालयहरुलाईमा कम्प्युटर सहयोग गरेको छ ।

आफ्नो २५औं वाषिर्कोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोग स्वरुप कम्प्युटरहरु प्रदान गरिएको बैंकले जनाएको छ ।

कुलेश्वर माध्यमिक विद्यालय (कुलेश्वर, काठमाडौं) लाई ६ थान, श्री तरुण माध्यमिक विद्यालय (बालाजु, काठमाडौं) लाई १२ थान, सरस्वती उच्च माध्यमिक विद्यालय (ठेचो, ललितपूर) लाई १२ थान, जनजागृति आधारभूत विद्यालय (खोल्माटोल, निजगढ) लाई ५ थान तथा महेन्द्रोदय माध्यमिक विद्यालय (भीमेश्वर, दोलखा) लाई १० थान कम्प्युटर प्रदान गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई सर्व सुलभ तथा गुणस्तरिय कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यले कम्प्युटरहरु प्रदान गरिएको बैंकले जनाएको छ ।

उक्त कम्प्युटरहरु एक समारोहको बीच बैंकका वरिष्ठ महाप्रबन्धक, महाप्रबन्धक तथा बैंकका कर्मचारीले हस्तान्तरण गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?