+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
९० बलमा १४५ रन आवश्यक
चितवन राइनोज 2025
25/2 (4.6)
Shares

कामको चापले टाउको दुखाउँछ ? यस्तो छ तनावबाट मुक्त हुने काइदा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २७ गते १३:३२

कामको तनाव कर्पोरेट कल्चरको अभिन्न अंग हो । आधाभन्दा धेरै कर्पोरेट कर्मचारी तनावग्रस्त हुन्छन् ।  कामको चापले तनावमात्रै नित्याउँदैन यसले हाम्रो स्वास्थ्यमा पनि ठूलो असर गर्छ ।

दिनभरको काम र भागदौडको कारण हामी आफ्नो स्वास्थ्यमा ख्याल राख्न सक्दैनौं । यस्तोमा समय मै यसबारेमा ध्यान दिएनन् भने उनीहरु क्रोनिक स्ट्रेस अर्थात लामो समयसम्म रहने तनावको शिकार हुन सक्छन् ।

आउनुहोस् जानीराखौं कार्यालयको तनावलाई कम गर्ने केही प्रयोगात्मक विधी

काम मात्रै नगर्नुहोस् त्यसको योजना पनि गर्नुहोस्

तपाईंलाई कामको प्रेसर झेल्न असमर्थ छु जस्तो लाग्छ भने केही समयको लागि काम को बारेमा सोच्न बन्द गरेर आँफैलाई समय दिनुहोस् । त्यसपछि तोकेको समयमा काम सक्न किन असफल भँए भनेर सोच्नुहोस् ।

आफ्नो लक्ष्य र प्राथमिकताहरुलाई एकपटक फेरि समिक्षा गर्नुहोस् । हुन सक्छ तपाईं प्राथमिकताको दृष्टिले त्यति महत्वपूर्ण नभएका कामहरुलाई आवश्यकता भन्दा धेरै समय दिइरहनुभएको छ ।

सँधै बिहान अफिस पुगेपछि सुरुमा त्यो दिनको लक्ष्य सेट गर्नुहोस् । यस्तो योजना बनाउन मुस्किलले १० मिनेट लाग्छ तर, तपाईंको बाँकी ७ घन्टा ५० मिनेट खुसीयालीपुर्ण बित्ने छ ।

बनाएका योजना कार्यान्वयन गर्नुहोस्

तपाईंलाई आज के के गर्नु छ भन्ने पनि थाहा छ । तर के यतिले मात्रै आफ्नो काममा सफल बन्न सक्नुहुन्छ ? धेरैजसो यस्तो देखिन्छ कि मानिसहरु कुनै काम एक घन्टामा पुरा गर्ने लक्ष्य लिएर अगाडि बढ्छन् । तर, त्यो एक घन्टामध्ये आधा घन्टा टाइमपास गरेर बिताइदिन्छन् । अनि बाँकी आधा घन्टा पनि आत्तिएर खेर फाल्छन् र फेरि त्यसपछिको एक घन्टामा मात्रै उक्त काम सक्छन् ।

तपाईंमा पनि यस्तो बानी छ भने तपाईं गर्नुपर्ने अरु कामलाई ढिलो बनाइरहनुभएको छ । एक पछि अर्को ढिलाईले तपाईंको पुरै सेड्युल खराब गर्न सक्छ । त्यसैले योजना बनाएपछि त्यहि योजना अनुसार चल्ने बानी बसाल्नुहोस् ।

कार्यालयमा सकरात्मक माहौल बनाउनुहोस्

कार्यालयमा हामी एक्लै हुँदैनौं । हाम्रा अरु सहकर्मी पनि साथमा हुन्छन् । कामको तनाव केवल तपाईंलाई मात्रै हुँदैन । सहकर्मीहरु पनि तनावग्रस्त हुन्छन् ।

त्यसैले तपाईंले आफ्ना सहकर्मीहरुसँग राम्रो सम्बन्ध बनाइराख्न जरुरी छ । एक अर्कालाई सहयोग गरेर माहौललाई रमाइलो बनाउनाले तनावमुक्त हुने मात्रै होइन उत्पादकत्व पनि बढ्छ ।

तपाईंले आफ्ना हाकिम, म्यानेजर, सुपरभाइजर अर्थात आफूभन्दा ठूलासँग मात्रै सम्बन्ध राम्रो राख्ने गर्नुहुन्न । ठूलाका साथसाथै टिमका जुनिएर सदस्यहरुसँग पनि राम्रो व्यवहार गर्नुहोस् ।

यसले अफिसको माहौल सकरात्मक बन्छ । हाँसीखुसी कतिखेर समय बित्छ र तपाईंको काम पुरा हुन्छ थाहै हुँदैन ।

यो सामान्य कुरा हो भन्ने सम्झिनुहोस्

विश्वमा कुनै पनि यस्तो कार्यस्थल छैन होला जँहा कामको दबाब नभएको होस् । त्यसैले आँफैलाई मानसिक रुपमा तयार राख्नुहोस् अचानक कुनै काम आएमा नहडबडाउनुहोस् ।

केही मानिसहरु कामको तनावमा विचलित भएर अनौठो ढंगले व्यवहार गर्न थाल्छन् । यसले उनीहरु आँफै त प्रभावित हुन्छन नै उनीहरुका सहकर्मी पनि बिनाकारण दुखी हुन्छन् । तनावले भरिएको उनीहरुले केही पलमै माहौलमा नकरात्मकता घोलिदिन्छन् ।

यसैले अफिस छ भने कामको चाप त भैहाल्छ भन्ने मानेर अगाडि बढ्नुहोस् । कामको चापको कारण आफ्नो मानसिक सन्तुलन गुमाउनाले तपाईंलाई मात्रै होइन अरुलाई पनि तनाव दिन्छ ।

आँफैलाई समय दिन पनि जरुरी छ

तपाईं एक राम्रो कर्मचारी हो तर, यसको मतलब यो होइन कि सप्ताहको सातै दिन र चौबिसै घन्टा कामको बारेमा मात्रै सोच्दै हुनुहुन्छ । राम्रो त यो हो कि कार्यालयबाट निस्किएपछि बाहिरको दुनिँयामा ध्यान दिन सुरु गर्नुहोस् । साथीहरुसँग भेटघाट गर्नुहोस् परिवारका सदस्यसँग समय बिताउनुहोस् ।

तपाईं कुनै सोखलाई समय दिनुहोस् । योगा, ध्यान, जिम जाने व्यायाम गर्ने जस्ता शारीरिक गतिविधिहरुको माध्यमले मानसिक र शारीरिक रुपमा फिट रहने कोसिस गर्नुहोस् ।

विभिन्न अध्ययनहरुका अनुसार पनि जब हामी फिट हुन्छौं त्यतिखेर स्ट्रेसको शिकार हुने सम्भावना अपेक्षाकृत कम हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?