+
+
Shares

थिएरी हेनरी मोनाकोको प्रशिक्षकमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २७ गते १९:३३

काठमाडौं । आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरी फ्रान्सेली क्लब मोनाकोको प्रशिक्षक नियुक्त भएका छन् ।

लिगमा खराब प्रदर्शनपछि मोनाकोले बिहीबार मात्र प्रशिक्षक लियोनार्दो जर्दिमलाई बर्खास्त गरेको थियो ।

४१ वर्षका फ्रान्सका हेनरीलाई २०२१ सम्मका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । १९९७ मा मोनाकोलाई लिग वान जिताउन भूमिका खेलेका हेनरी आर्सनलका टप स्कोरर हुन् र रुस विश्वकपमा बेल्जियमको सहायक प्रशिक्षक थिए ।

मोनाकोले यो सिजन एक खेल मात्र जितेको छ र लिगमा पुछारबाट तेस्रो स्थानमा छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?