+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘बिहेअघि सेक्स नगरौं’ भन्दै सप्तरीका साइकलचालकको धपेडी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १:३०

२८ असोज, सप्तरी । कुनै सेलिबि्रटी होइनन्, अशोक यादव । तर, साइकलका पाइडल घुमाउँदै उनी जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् ।

उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ ।

आधा दाह्री फुलेका अशोक उमेरले आधा सय वर्ष पुगे । यद्यपि, अहिलेसम्म अविवाहित छन् । आफूले अहिलेसम्म सेक्सको अनुभव नलिएको दावी गर्ने उनी अरुलाई पनि बिहेपछि मात्रै शारीरिक सम्वन्ध राख्ने सन्देश बाँडिरहेका छन् ।

सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिका १, तिलाठी निवासी अशोक भन्छन्, ‘विवाहपूर्व सेक्स गर्नु न त धर्मको नीति हो, न त समाज वा कानुनकै । अहिले विवाहपूर्व नै यौन सम्पर्क राख्ने क्रम बढेकै कारण यौनिक हिंसाले उग्ररुप लिएको हो ।’

देशमा बलात्कारका घटना पनि विवाहपूर्व यौन सम्पर्क राख्ने प्रवृत्तिले नै बढाएको उनको बुझाई छ ।

‘यदि बिवाह गरेपछि मात्र यौन सम्पर्क गर्ने संस्कार कायम गर्ने हो भने,’ उनी भन्छन्, ‘बलात्कार स्वतः घट्छ ।’

यौन सम्पर्क आफैंमा पवित्र कार्य भए पनि विवाहपूर्व भने यो अपवित्र हुने यादवले बताए । यो सन्देश सप्तरी जिल्लामा व्यापक फैलाउने उनको योजना छ । भविष्यमा जिल्लाबाहिर पनि जाने उनको योजना छ ।

यो उमेरसम्म यौनसम्पर्कको अनुभव नलिँदा आफूलाई कुनै गाह्रो नपरेको पनि यादवले बताए । उनले भने, ‘पूरा कन्ट्रोलमा बसेको छु, अहिलेसम्म यसको आवश्यकता महसुस नै भएको छैन ।’

दक्षिण भारतीय कलाकार खुश्बुले विवाहपूर्वको यौन सम्पर्कलाई मान्यता दिन केही वर्षअघि सरकारसँग गरेको अपील फेल भएको स्मरण छ उनलाई । उनी भन्छन्, ‘यदि यो कुरा राम्रो हो भने त त्यहाँको सरकारले मान्यता दिन सक्थ्यो नि, तर दिएन ।’

गाउँमा कृषि पेशा अंगाल्दै आएका यादव कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले निकै चिन्तित बनेका छन् । योउ घटनापछि उनले किताब र पत्र-पत्रिका पढ्ने बानीको विकास गरे ।

‘अहिले दैनिक रुपमा तिलाठीबाट राजविराज आएर किताव पढ्ने नै काम गर्छु,’ उनी भन्छन्, ‘दिनभर साझा प्रकाशनमा बसेर नेपाली, मैथिलीको कला, संस्कृतिका कितावहरु पढेर दिन बिताइरहेको छु ।’

विवाह नगरेका कारण खर्चको त्यति आवश्यकता नभएको उनले बताए । किताव पसलमा केही काम पाए गर्ने उनको इच्छा छ ।
‘किताव पसलमा झाडू लगाउने काम पाए पनि गर्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?