+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

ऋण नदिएको झोकमा ६ वर्षे बालकको अपहरणपछि हत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते २०:३०

२८ असोज, सिमरा । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका ६ वर्षीय बालकको अपहरण गरी हत्या भएको छ ।

बुधबारदेखि हराएका गोलु भनिने दिपक प्रसाद यादवको शव गाउँ नजिकै जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको रानीवासमा हजुरबुबासँग मेला हेर्न गएका दिपक अपराहृन ४ बजेतिर हराएका थिए । परिवारलेसाँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए ।

बालकको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १७ बर्षे हरेन्द्र कुमार कुश्वाहा र २३ बर्षे सुखल वैठा छन् ।

ऋण नदिएको झोकमा हत्या

प्रहरीको प्रारम्भीक अध्ययन अनुसार ऋण नदिएको झोकमा बालकको हत्या गरेको खुल्न आएको छ ।

पक्राउ अभियुक्त हरेन्द्रले एक महिना अगाडि गोलुका बाबु धनेश्वर प्रसादसँग दुई लाख रुपैयाँ ऋण मागेका थिए । तर, ऋण दिन अस्वीकार गरेपछि कुशवाहालेसमय आएपछि देखाउने भनि धम्की दिएको पाइएको छ ।

बालक हराएको भोलिपल्ट बिहान करिब १० बजे धनेश्वरलाई अभियुक्त श्याम बैठाले १० लाख फिरौती समेत माग गरेको कल रेकर्डका आधारमा खुलेको छ । बालकको भने अपहरण गरेकै राति घाँटी थिचेर हत्या गरेको पाइएको बाराका प्रहरी नायब उपरिक्षक रन्जित सिँह राठौरले जानकारी दिए ।

घटस्थापनबाट जिल्ला अदालत बन्द भएकाले अदालतको समर्थन लिएर थप अनुसन्धान र अपहरण तथा कर्तब्य ज्यान मुद्दाको कारवारी प्रकृया अगाडी बढाइने छ ।

यसअघि जेठ २२ गते बाराको जितपुरसिमरा उपमहानगरपालिकामा ९ बर्षीय बालक अंकित गुप्त्ााको पनि अपहरणपछि हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?