+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
99/5 (14.6)
Shares

हवाई रुट थप्न भारतले मानेन, देउताको डरले गाउँ मदिरामुक्त !

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते ६:५०

२९ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि अधिकांशले दशैंसँग सम्बन्धित सामग्रीहरुलाई बढी जोड  दिएका छन् । केहीले मिथिलाको दशैंबारे चर्चा गरेका छन् भने कुनैको मुख पृष्ठमा दशैं झल्काउने तस्वीर छन् ।

दशैंमा पेट्रोल पम्पमा लाइन लागेको, भारतले नयाँ हवाई रुट थप्न इन्कार गरेको, बारामा अपहरणपछि बालकको हत्या भएको, देउताको डरले गाउँलेले मदिरा छाडेकोलगायत खबरलाई पनि पत्रपत्रिकाहरुले अाज प्राथमिकताका साथ पहिलो पृष्ठमा समेटेका छन् ।

दशैंको पिङ खेलिरहेकी युवतीको तस्वीर छापेको कान्तिपुरले भारतले नयाँ हवाई रुट दिन इन्कार गरेको लेखेको छ ।

नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता भारतले सहमति जनाएको थियो । तर भारत त्यसबाट पछि हटेको छ ।

कान्तिपुरका अनुसार प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।

‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्’, बैठकमा सहभागी एक अधिकारीको हवाला दिँदै कान्तिपुरले अगाडि लेखेको छ, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ ।’

देउवताको डरले गाउँ मदिरामुक्त बनेको रोचक खबरलाई कान्तिपुरले एंकर बनाएको छ ।  मुगुको रारा नगरपालिका–१३, थार्प गाउँका स्थानीयले देउता रिसाउने डरले मदिरा खान छाडेका हुन् ।

आफ्ना आराध्य मष्ट देवताका डरले गाउँलाई त्यहाँका स्थानीयले निषेधित बनाएका छन् । एक सय तीस घरधुरी रहेको थार्पाका बासिन्दामा मदिरा सेवन वा बिक्रीवितरण गरे मष्ट देवताले सजाय दिने विश्वास छ ।

नागरिकले ‘त्रिपालभित्र दशैं उत्साह’ शीर्षक दिएर बबईको बाढीबाट विस्थापित तुलसीपुर बखरियाका बासिन्दाको कथा छापेको छ ।

नागरिकमै सिक्टा सिँचाइ अनियमिततामा संलग्न कर्मचारी र ठेकेदारलाई उन्मुक्ति दिइएको, अपहरणपछि बारामा बालकको हत्या भएकोलगायत समाचार छन् ।

अन्नपूर्णमा मिथिलाको दशैं चर्चासँगै प्याराग्लाइडिङको विश्वकप नेपालमा हुने खबर पनि छ ।

समाचार अनुसार नेपालमा प्याराग्लाइडिङको थप विकास गर्ने उद्देश्यले कात्तिक १५ देखिअ १९ सम्म स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा प्रथम प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप –विश्वकप) हुने भएको छ ।

नयाँ पत्रिकामा आयल निगमको लापरबाहीले दशैंमा पेट्रोल पम्पमा लाइन लागेको, सुन तस्करीका अभियुक्त दुबईमा पक्राउ परेकोलगायत समाचार छन् ।

राजधानीले लोकसेवाको कर्मचारी भर्ना दुई महिना रोकिएको लेखेको छ भने गोरखापत्रमा द्रुतमार्गका पुल बनाउन ६ कम्पनी सर्ट लिस्टमा परेको समाचार छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?