+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
25/1 (3.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

महोत्तरीमा भन्सार छलेर ल्याएको १० लाख बराबरको कपडा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३० गते १६:०५

३० असोज, महोत्तरी । महोत्तरीमा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा नं. १३ गुल्मले १० लाख मूल्य भन्दा बढीको रेडिमेड कपडा, थान कपडा, सारी तथा अन्य विभिन्न कपडाहरु बरामद गरेको हो ।

सम्सी गाउँपालिका वडा नं. ४ गैढाभेटपुरको १६ नं. पिलर सिमाना क्षेत्रमा रहेको धानखेतबाट सोमवार मध्यराति वेवारिसे अवस्थामा फालिएको उक्त परिमाणको कपडाहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

दशैलाई लक्षित गरी सम्सी नाका हुँदै गौशाला तथा जिल्लाका अन्य भागमा राजश्व छलेर पुर्‍याउन लागेको सूचनाको आधारमा उक्त कपडाहरु बरामद गरी नियन्त्रणमा लिइएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश्वर पोखरेलले जानकारी दिए ।

उनले नियन्त्रणमा लिइएको सामानहरु मंगलबार नै जलेश्वर भन्सार कार्यालयमा बुझाइने बताए ।

सीमा नाका चाडपर्वको समयमा तस्करी बढेको छ । पछिल्लो समय भन्सार गुल्मले महोत्तरीको बिभिन्न नाकाबाट सामान बरामद गरेको भएपनि तस्करीमा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?