+
+
Shares

आबुखैरेनीको नारीघाटमा बस दुर्घटना, २० भन्दा बढी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ४ गते १५:०७

४ कात्तिक, गोरखा । तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटमा आइतवार यात्रुवाहक बस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

बेशिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । घाइतेहरुको पहिचान खुल्न बाकी रहेको उनले बताए ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ४० भन्दा बढी यात्रु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?