+
+
Shares

बास्तोलाको सम्झनामा कांग्रेसले सबै जिल्लामा श्रदाञ्जली सभा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १३:१८

५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोलाको निधनको तेह्रौं दिनमा देशभरी श्रद्धाञ्जली सभा गर्ने भएको छ ।

आगामी बिहीबार ७७ वटै जिल्लामा श्रदाञ्जली सभा गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

तेह्रौं दिनसम्म शोकका कार्यक्रम गर्नुपर्ने भन्दै कांग्रेसले ७ कात्तिकका लागि निर्धारित चियापान कार्यक्रमको मिति सारेको छ । प्रवक्ता शर्माका अनुसार दशैं, तिहार, छठ, नेपाल सम्वत्लगायत पर्वको अवसरमा कोजाग्रत पूणिर्माका दिन आयोजित चियापान कार्यक्रम कात्तिक १६ गते मध्यान्ह एक बजेदेखि पाँच बजेसम्म काँग्रेस केन्द्रीय कार्यालयमा गर्न लागेको हो ।

७४ वषर्ीय बास्तोलाको गत २७ असोजमा निधन भएको थियो । पूर्वमन्त्रीसमेत रहेका उनी २०६९ सालदेखि अर्धचेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?