Comments Add Comment

मेडिकल कलेजको फोहरले वस्ती नै दुर्गन्धित ! व्यवस्थित गर्न माग

५ कात्तिक, बुटवल । देवदह मेडिकल कलेजबाट निस्कने फोहरमैलाको उचित व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् । कलेजबाट उत्पादन हुने फोहर पानी व्यवस्थापन नगर्दा वस्ती नै दुर्गन्धित भएको र प्रदुषण फैलिएको स्थानीयवासीको गुनासो छ ।

कलेजबाट निस्कने फोहर पानीलाई व्यवस्थापन गर्न कलेज प्रशासनलाई पटक/पटक आग्रह गर्दा समेत बेवास्ता गरेका कारण स्थानीयवासी आक्रोशित भएका छन् ।

मेडिकल कलेजभित्र रहेका शौचालयको पानीसमेत बर्षायाममा आउने पानीसंगै बाहिर निस्कदा गाउँ नै प्रदुषित भएको र स्थानीयवासीहरुको घर समेत डुबानमा पर्ने गरेको टोल सुधार संस्थाका अध्यक्ष खड्कबहादुर क्षेत्रीले बताए ।

कलेजबाट निस्कले फोहर पानीका कारण स्थानीयबासीको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको स्थानीयले गुनासो गरेका छन् । कलेजलाई बारम्बार आग्रह गर्दा पनि फोहर पानी व्यवस्थापन गर्न बेवास्ता गरेको क्षेत्रीले गुनासो गरे । उनले कलेजले तत्काल फोहर व्यवस्थापन नगरे स्थानीयबासी आन्दोलनमा उत्रिन वाध्य हुने बताए ।

मेडिकल कलेजबाट निस्कने फोहोर पानीलाई दीगो रुपमा व्यवस्थित गर्ने दायित्व कलेजको भएको अध्यक्ष केशव भट्टराईले बताए । कलेजको फोहर व्यवस्थापनमा वडा कार्यालय र नगरपालिकाले समन्वय गर्न तयार रहेको उनको भनाइ छ ।

मेडिकल कलेजका प्रमुख रजनिस जिन्दलले कलेजबाट निस्कने फोहर पानीलाई व्यवस्थित गर्न तयार भए पनि बर्षायाममा आउने पानीका कारण समस्या भएको बताए ।

कलेजबाट निस्कने र बर्षायाममा आउने पानीलाई व्यवस्थित गर्न मेडिकल कलेजले लगानी गर्न तयार भए पनि पानी फाल्ने निकास नहुँदा समस्या समाधान गर्न नसकिएको जिन्दलले स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment