+
+
Shares

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो १ अर्ब ८ करोड अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १२:०३

८ कात्तिक, काठमाडौं । जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।

सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका छन् ।

१६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को गोर्खा भूकम्पले क्षति पुगेको छ । काभ्रेको धुलिखेलबाट महोत्तरीको बर्दिबास जोड्ने उक्त राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो ।

कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिए र यसलाई पूरा गर्न २० वर्ष लागेको बताए ।

भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्‍याएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने उनले बताए । राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न गर्ने उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?