+
+
Shares

सवारी दुर्घटनामा नेकपाका नेताको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते २०:५८

काभ्रे । बीपी राजमार्ग अन्तरगत काभ्रेको डालाबेसीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंतर्फ आउदै गरेको बा ५३ प ७९९६ मोटरसाइकल र विपरित दिशाबाट आएको बा ४ ख ६१४ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक चालक उदयपुर कटारि नगरपालिकाका ४५ वर्षीय शम्भुप्रसाद पोखरेलको मृत्यु भएको छ । उनी उदयपुरका नेकपाका नेता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?