+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
१०४ बलमा १४४ रन आवश्यक
विराटनगर किंग्स 2025
12/3 (2.4)
Shares

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते ७:०७

१४ कात्तिक, काठमाडौं । सरकारले आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ । देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई २ दिन भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो ।

१ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको थप औषधिसमेत खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि २३ महिनाका बालकालिकाले सुक्ष्म पोषकतत्व ‘बालभिटा’ पनि पाउनेछन् ।

पोषण कार्यक्रम लागू भएका जिल्लाका बालबालिकाको पोषणस्थिति थाहा पाउन पाखुराको नापसमेत लिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जनशक्ति परिचालन गरिएको जानकारी दिँदै नजिकैको भिटामिन ‘ए’ क्याप्सुल वितरण केन्द्रमा लगेर खुवाउन आग्रह गरेको छ ।

विद्यालय खुला रहेको दिन कार्यक्रम सञ्चालन गरिएकाले स्कुले बालबालिकाहरुलाई औषधि खुवाउन केही असुविधा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?