+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

काठमाडौं विश्वविद्यालयमा लागेको ताला खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १०:२४

१४ कात्तिक, काठमाडौं । काठमाडौं विश्वविद्यालयमा नेविसंघले लगाएको ताला झण्डै एक महिनापछि खुलेको छ । विद्यार्थी कल्याण परिषदको चुनाव गराउन माग गर्दै नेविसंघले विश्वविद्यालयमा ताला लगाएको थियो ।

मंगलबार साँझ भएको वार्तामा १५ दिनभित्र चुनावको मिति तोक्ने सहमति भएपछि ताला खुलेको काठमाडौं विश्वविद्यालयका नेविसंघ सभापति उज्ज्वल प्रधानले जानकारी दिए । उनका अनुसार चुनावको मिति तोक्ने, विधान संशोधन गर्ने, काठमाडौं विश्वविद्यालयको लोगोको दुरुपयोग रोक्ने लगायतका सहमति भएको छ ।

नेविसंघले विद्यार्थी कल्याण परिषदको चुनाव प्रत्यक्ष प्रणालीबाट गराउनका लागि विधान संशोधनको माग गर्दै आएको थियो । हाल हरेक कक्षाबाट एक जना प्रतिनिधि चुनिने र ति प्रतिनिधिहरुले परिषदको अध्यक्ष निर्वाचित गर्ने विधानमा व्यवस्था छ । ‘कुनै एउटा कक्षाबाट प्रतिनिधि चुनिन ढिला भयो भने परिषदको चुनाव नै रोकिने अवस्था रहेकाले विगतमा परिषदको चुनाव हुन सकेन । त्यसैले हामीले प्रत्यक्ष निर्वाचन प्रणालीको माग हामीले गरेका हौं,’ प्रधानले भने ।

काठमाडौं विश्वविद्यालयमा गत असोज २१ गते नै विद्यार्थी कल्याण परिषदको चुनाव हुनुपर्ने भए पनि अझै हुन सकेको छैन । त्यसलगत्तै नेविसंघले तालाबन्दी गरेको थियो । तर, आफूहरुको तालाबन्दीबाट पठनपाठन भने प्रभावित नभएको प्रधानले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?