+
+

८२ हजारसहित जुवाको खालबाट ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १४:३९

१४ कात्तिक, बुटवल । बुटवल प्रहरीले ८२ हजार नगदसहित चारजना जुवाडे पक्राउ गरेको छ ।

मंगलबार राति ११ बजे बुटवल कालिकानगरमा जुवाखालबाटै उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बुटवल-११ कालिकानगर बस्ने कुसुम खड्काबाट १७ हजार, सोही स्थानका मुक्त थापाबाट ३० हजार, गुल्मी रुरु ४ स्थायी घर भइ हाल बुटवल-११ बस्ने रेशम खड्काको साथबाट १७ हजार ५ सय , तिलोत्तमा नगरपालिका ३ बस्ने रामचन्द्र गौतमबाट ३९ हजार ५ सय र जुवाको खालबाट एक बुक तास तथा ५ हजार रुपैयाँ गरी ८२ हजार रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

पक्राउ परेका ब्यक्तिहरु इलाका प्रहरी कार्यालयमै छन् । उनीहरुमाथि थप अनुसन्धानको कार्य सुरु भएको प्रहरीले जनाएको छ ।

बुटवल प्रहरीले केही दिनअघि पनि बुटवल बेलबासबाट ९ जना जुवाडे पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?