Comments Add Comment

ओलम्पिक छनोटमा नेपालले आज भारतसँग खेल्दै, इतिहास उल्टाउने नेपालको दाउ

२२ कात्तिक, काठमाडौं । ओलम्पिकअन्तर्गत एसिया छनोट फुटबलको पहिलो खेलमा नेपाली महिला टिमले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

म्यानमारको थुवुन्ना रंगशालामा नेपालले स्थानीय समयअनुसार ३ बजे भारतसँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो पहिलो खेलमा नै बलियो टिम भारतलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

भारतलाई पराजित गर्नु नेपाललाई त्यति सजिलो भने छैन । किनभने साफ च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिमको मुख्य प्रतिद्वन्द्वी नै भारत हो । भारतसँग नेपाल सधैं पराजित हुँदै आएको छ । त्यसकारण पनि नेपालमाथि भारतलाई पराजित गर्न ठूलै चुनौती रहेको छ ।

ओलम्पिकअन्तर्गत एसिया छनोटमा नेपालसँगै आयोजक म्यानमार, भारत र बंगलादेश रहेका छन् । आफ्नो दोस्रो खेल आयोजक म्यानमारसँग ११ तारिखमा खेल्ने छ । त्यस्तै, तेस्रो खेलमा नेपालले बंगलादेशसँग १३ तारिखमा खेल्नेछ ।

ओलम्पिक छनोटलाई मुख्य लक्ष्य बनाउँदै नेपालले चीनमा बैदेशिक भ्रमण गरेको थियो । चीनको स्थानीय क्लबसँग ३ खेल खेलेपछि नेपाल म्यानमार प्रस्थान गरेको हो ।

समूह ‘सी’मा रहेको नेपाल उत्कृष्ट प्रदर्शन गर्दै उपविजेतासम्म भएर ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment