+
+
Shares

काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते ९:५६

२५ कात्तिक, काठमाडौं । काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा आएको छ । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक पर्यटकीय बससेवा सञ्चालनमा ल्याएको हो ।

प्रदेश २ र जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको प्रालिले जनाएको छ ।

प्रालिले यसअघि पनि पर्यटकीय बस सञ्चालनमा ल्याएको थियो । काठमाडौँ–पोखरा बस सञ्चालन गर्दै आइरहेको प्रालिले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो ।

बस काठमाडौंको सोह्रखुट्टेबाट बिहान ७ बजे छुट्ने छ ।

काठमाडौँको कान्तिपथबाट पर्यटक बोकेर देशका विभिन्न पर्यटकीय भूभाग जाने गरेका पर्यटकीय बस यतिबेला बसपार्कको अभावका कारण सोह्रखुट्टे सडकबाट यात्रु बोकेर जान बाध्य छन् ।

पर्यटन विकासका लागि एशोसिएसनले यसअघि पोखरा, सौराह र लुम्बिनीमा पर्यटक बस सञ्चालनमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?