+
+

फूडमाण्डु नवौं वर्षमा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते १०:५९

२६ कात्तिक, काठमाडौं । काठमाडौंका विभिन्न उत्कृष्ट रेष्टुरेण्टहरुका परिकारहरु ग्राहकको घरदैलोसम्म डेलिभरी दिँदै आएको कम्पनी फूडमान्डुले आफ्नो स्थापनाको आठौं वर्ष पुरा गरेको छ । आइतबारदेखि ८ औं वर्ष पुरा गरी फूडमाण्डु नवौं वर्षमा प्रवेश गरेको हो ।

सन् २०१० मा सुरु भएको कम्पनी फूडमान्डुलेे हालसम्म लाखौं उपभोक्ताहरुलाई सेवा प्रदान गरिसकेको छ । आफ्नो आठौं वार्षिकाेत्सवको अवसरमा फूडमान्डुले आफ्नो सेवाग्राहीहरुलाई ११ नोभेम्वरको दिन हरेक अर्डरमा ८ प्रतिशत को छुट दिएको छ ।

साथै ८ जना भाग्यशाली उपभोक्ताले आउँदो ८ महिनासम्म प्रत्येक महिना ८ सय रुपैयाँ बराबरकोे निःशुल्क खाना अर्डर गर्न पाउने व्यवस्था गर्ने कम्पनीले जनाएको छ ।

आगामी दिनमा अझ आफ्नो सेवालाई थप सजिलो र गुणस्तरीय बनाई सेवाग्राहीलाई खुसी र सन्तुष्टी प्रदान गर्ने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी मनोहर अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?