Comments Add Comment

बुटवलमा एसीईका उत्पादनको रोड शो

२७ कात्तिक, बुटवल । एक्सन कन्स्ट्रक्सन ईक्युपमेन्ट लिमिटेड (एसीई) द्वारा उत्पादित हेभि इक्वीपमेन्टहरुको मंगलबार रुपन्देहीमा रोड-शो गरिएको छ ।  सम्भाव्य ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी बजार प्रवर्द्धन गर्ने उद्देश्यले एसीईको अधिकृत बिक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजीले रोड-शो आयोजना गरेको हो ।

तिलोत्तमाको नयाँ मिलदेखि गोलपार्कसम्म भएको रोड शो मा निर्माण कार्यका लागि प्रयोग हुने ग्रेडर, क्रेन र भ्याकु प्रदर्शन गरेको हो ।  रोड शो मार्फत् ग्राहकहरूमा एसिईका उत्पादनको गुणस्तर र सर्भिसप्रति विश्वास बढ्ने कम्पनीले जनाएको छ ।

एसिइले दुई महिनाअघि मात्रै आफ्नो नयाँ भ्याकु लोडर ए एक्स १२४ मोडल रुपन्देहीको मणिग्राममा लन्च गरेको थियो । कम्पनीले आˆनो उत्पादनको लन्चिङ पनि नेपालमै पहिलोपटक रुपन्देहीबाट गरेको थियो ।
नेपालबाट नयाँ लन्चिङ भएको उत्पादन कम्पनीले ४१ वटा देशमा पठाएको छ ।

एसिईका नेपालका लागि आधिकारीक विक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजीका निर्देशक टंकप्रसाद पाण्डेले निर्माण व्यवसायीहरुको माग र बढ्दो आकांक्षा अनुसार रोड शो कार्यक्रम गरिएको र यसले एसिईका उत्पादनको गुणस्तरबारे ग्राहकहरुलाई विश्वास दिलाउने बताए ।

एसिईका उत्पादन गुणस्तरीय, अन्य कम्पनीहरूको दाँजोमा बलियो र आधुनिक प्रविधियुक्त रहेका कारण यसलाई नेपाली बजारमा भित्र्याएको कम्पनीका अर्का निर्देशक मोहन चापागाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment