+
+

रुपन्देहीकी पत्रकार अर्याललाई अन्तर्राष्ट्रिय पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १९:०१

२ मंसिर, बुटवल । रुपन्देहीकी पत्रकार इन्दिरा अर्यालले ग्रामीण जीवनमा महिला सिर्जनशीलता पुरस्कार प्राप्त गरेकी छन् ।

वुमेन्स वल्र्ड समिट फाउण्डेसन (डब्लु.डब्लु.एस.एफ)ले प्रदान गर्ने यो पुरस्कार ग्रामीण महिलाकाबारेमा समाचार सामग्री प्रशारण गरी उनीहरुलाई उद्यमशील बनाउन पे्ररणादायी भूमिका खेलेवापत प्रदान गरिएको अन्तर्राष्ट्रिय पुरसकार हो ।

रेडियो लुम्बिनीकी स्टेशन म्यानेजर रहेकी अर्याल एक हजार अमेरिकी डलरसहित सम्मानपत्रले पुरस्कृत भएकी हुन् ।

परिवर्तनका लागि कार्यरत महिला समूह (वाच) नामक गैरसरकारी संस्थाले ग्रामीण क्षेत्रका महिलाका सम्बन्धमा प्रेरणादायी काम गर्ने जुनसुकै क्षेत्रका व्यक्तिमध्येबाट छनोट गरी स्वीटजरल्याण्डको जेनेभास्थित वुमेन्स वल्र्ड समिट फाउण्डेसनलाई सिफारिस गरेका आधारमा पत्रकार अर्याल यो वर्ष पुरस्कृत भएकी हुन् ।

जेनेभाबाट प्राप्त उक्त सम्मानपत्र आइतबार बुटवलमा महिला जगारण सहयोग समूह देवदहले आइतबार बुटवलमा गरेको कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पत्रकार अर्याललाई प्रदान गरे ।

उक्त पुरस्कारको राशी १ लाख १४ हजार (१ हजार अमेरिकी डलर) रूपैयाँ छ । यो पुरस्कार सन् १९९५ देखि प्रदान गर्न थालिएको हो ।

पाल्पाको ग्रामीण क्षेत्रमा २०३४ सालमा जन्मिएकी अर्याल बुटवलमा रहेर डेढ दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत छिन् । यो पुरस्कार हालसम्म अर्यालसहित पाँच जना नेपालीले मात्र प्राप्त गरेका छन् ।

देवदहकी पार्वती परियार र फर्साटिकरकी यमुना चापागाईले गरेको मेहनेत सम्बन्धी कामको बारेमा समाचार सामग्री तयार पारेकी थिइन् ।

सो अवसरमा बोल्दै मन्त्री बरालले सूचना प्रविधिको अहिलेको युगमा नकारात्मक विषयले प्राथमिकता पाएको टिप्पणी गर्दै सकारात्मक र प्रेरणादायी विषयलाई बढावा दिन सञ्चारमाध्यमसंग आग्रह गरे ।

नकारात्मक विषयले विश्वलाई नै प्रभावित गरिरहेको उल्लेख गर्दै उनले सकारात्मक पत्रकारिताले मात्रै समाज रुपान्तरण र दीगो शान्ति कायम हुने धारणा राखे ।

वाचका कार्यकारी निर्देशक डा.नारायणकाजी श्रेष्ठले ग्रामीण क्षेत्रमा महिलाहरु समस्यामा रहेको भन्दै तिनीहरुको समस्याहरु बाहिर ल्याउन जरूरी भएको बताए ।

कार्यक्रममा सम्मानित अर्यालले आफूलाई पुरस्कारले हौसला मिलेको भन्दै अझै ग्रामीण महिलाहरुको समस्याहरु बाहिर ल्याउन अगाडि बढने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?