+
+
Shares

देउवाको प्रस्ताव : नेविसंघको म्याद दुई महिना थपौं

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते ०:२५

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेपाल विद्यार्थी संघ वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने प्रस्ताव पेश भएको छ ।

ढिला गरी सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले म्याद थप्ने प्रस्ताव राखेका हुन् ।

यसअघि केन्द्रीय सदस्य गुरु घिमिरेले नेविसंघले सिफारिस गरेको विधान प्रस्तुत गरेका थिए ।

नेवि संघको वर्तमान कार्यसमितिको म्याद आज सकिँदैछ । २ वर्षमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार तीन महिना म्याद थपिएको थियो ।

तर, यो अवधिमा पनि महाधिवेशन हुन सकेन । बरु ३२ वर्ष उमेर हद लागू गर्ने निर्णयलाई लिएर माउ पार्टी कांग्रेसमा शीर्ष नेतृत्वबचि विवाद देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?