Comments Add Comment

बडिगाड खोला थुनिएर बनेको तालमा र्‍याफ्टिङ

३ मंसिर, बाग्लुङ । पहिरोले बडिगाड खोला थुनिएर बनेको कृतिम तालमा पर्यटक आकर्षण गर्न र्‍याफ्टिङ सुरु गरिएको छ । ताल हेर्न आन्तरिक पर्यटकको लर्को नै लागेपछि बडिगाड गाउँपालिकाको पहलमा आइतबारबाट र्‍याफ्टिङ सुरु गरिएको हो ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत तुरतुरेमा गत भदौ २९ गते राति खसेको पहिरोले बडिगाड खोला थुनिएर ताल बनेको हो । त्यसलाई ‘तुरतुरे ताल’ भन्ने गरिएको छ ।

तालमा र्‍याफ्टिङ सञ्चालन गरिएपछि आन्तरिक पर्यटक अझै बढ्ने विश्वास गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।

बडिगाड गाउँपालिकामा ‘प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला’ सञ्चालन भइरहँदा स्थानीय युवा तमबहादुर बीसीको सक्रियतामा तुरतुरे तालमा दुई वटा र्‍याफ्टिङ सुरु गरिएको हो । तुरतुरे तालमा सुरु गरिएको र्‍याफ्टिङले बडिगाड महोत्सवमा थप आकर्षण र रौनक बढाएको छ ।

सुरुमा ताल क्षेत्रका प्रभावित पीडितहरुले पानीको बहावले पुरिएको जग्गाको क्षतिपूर्तिको व्यवस्था नभएसम्म र्‍याफ्टिङ गर्न नदिने अडान लिएका थिए । बडिगाड गाउँपालिकाका अध्यक्ष पाइजा र साविकको बुर्तिबाङ गाविसका पूर्वअध्यक्ष समेत रहेका समाजसेवी तुलसीराम अर्याल लगायतले स्थानीयलाई सम्झाएपछि तालमा र्‍याफ्टिङ सञ्चालन गर्न दिन स्थानीय सहमत भएका छन् ।

स्थानीयबासीलाई आय आर्जन हुने किसिमले व्यवस्थित र व्यवसायीक रुपमा र्‍याफ्टिङ सञ्चालन गर्ने बडीगाड गाउँपालिका अध्यक्ष पाइजाको भनाइ छ ।

– थम्मन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment