+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

फिलिपिन्सकी मारियाले भनिन्– नेपाल विश्वमै सुन्दर छ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १८:५४

३ मंसिर, हेटौंडा । फिलिपिन्सकी सामाजिक अभियन्ता राजकुमारी मारिया लियोन टोरिसर्सले नेपाल विश्वमै सुन्दर रहेको बताएकी छिन् ।

सोमबार मकवानपुरको मनहरी गाउँपालिका-८ सिम्पानीस्थित पिसपार्क उद्घाटनको क्रममा उनले नेपालप्रति आफ्नो अगाध माया रहेको बताइन् । नेपाल आउन पाएको र यहाँका मानिसहरुसँग हेलमेल गर्न पाएकोमा आफू खुसी भएको भन्दै राजकुमारी मारियाले यहाँका मानिसहरुले गर्ने हरेक खालका कामहरुमा आफ्नोतर्फबाट सहयोग हुनेसमेत बताइन् ।

‘राजकुमारी’ को उपाधिले परिचित मारिया फिलिपिन्सको बालोई टापु निवासी शाही, सुल्तान खान्दानकी छोरी हुन् । उनी विश्वरभर मानवअधिकार अभियन्ताका रुपमा काम गर्छिन् ।

कार्यक्रममा बोल्दै थाइल्याण्डकी शान्ति दूत अपिनिता चाइचनले आफूले नेपालमा आमा, बुवा, दाजुभाइ र दिदीबहिनी पाएको भन्दै खुसी व्यक्त गरिन् ।

त्यसैगरी ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मनहरीमा निर्माण भएको पिस पार्क हेर्ने अबसर पाएकामा खुसी व्यक्त गर्दै मनहरीबासीले गरेका राम्रो कामप्रति धन्यवाद दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले आफूले यस क्षेत्रको समाजसेवामा लगानी गरेको दाबी गर्दै पिसपार्क निर्माण कार्यलाई आर्थिक अभावले रोक्न नहुने भन्दै आवश्यक पर्दा आफूले समेत रकम सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सांसदहरु मुनु सिग्देल, ओमबहादुर घलान प्रदीप लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेकाछन् ।

समारोह सुरु हुनअघि राजकुमारी मारियाबाट पिसपार्कभित्र निर्माण भएका बुद्धको मूर्ति, ध्यान केन्द्र, गोलघरहरुको रिबन काटेर उद्घाटन गरेका थिए । सोही क्रममा मनहरी ८ स्थित टासी छोइलिङ गुम्बाको समेत मारियाले अबलोकन गरिन् ।

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पिसपार्क निर्माणका लागि सहयोग गर्ने समाजसेवीहरु, दाताहरु, युवा, विद्यार्थी तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा समर्पित ज्येष्ठ नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?