५ मंसिर, बुटवल । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको (हाइलक्स) कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनार रहेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । अर्का एक एकजनाको पहिचान खुलेको छैन ।
कारसमेत सडकबाट तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4