+
+

वित्त आयोगको अध्यक्षमा पौडेल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ६ गते १८:००

६ माघ, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष बालानन्द पौडेललाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को आइतबार बसेको बैठकले पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्ष सिफारिस गरेको हो ।

पौडेलले यसअघि स्थानीय तह पुनर्संरचना आयोग भएर काम पनि गरेका थिए ।

प्रदेशहरुले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो । तर एक हप्ता ढिला गरी आयोगको अध्यक्ष सिफारिस गरेको हो ।

सरकारले आयोगमा यसअघि नै सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा काम गर्न सकेको थिएन ।

यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?