Comments Add Comment

‘टेलिकमको फोरजी सेवा विस्तारमा अनियमितता’

Photo Credit : फाइल फाेटाे

१३ माघ, काठमाडौं । सांसदहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ठूलो अनियमितता भएको आशंका व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्ने अधिकांश सांसदहरूले फोरजी सेवा विस्तारमा अनियमितता भएको आशंका जनाए ।

१९ अर्ब खर्चेर टेलिकमको फोरजी सेवा देशभर विस्तार गर्ने योजनामा ठूलो अनिमितता हुन लागेको सांसदहरुको दाबी छ । यस्तै अवस्था रहे टेलिकम टाँट पल्टिने उनीहरुको भनाइ छ ।

सांसद रामकुमारी झाँक्रीले निर्धारित समयमा काम नभएको र सम्बन्धित निकायको प्रस्तुतिले पनि सन्तुष्ट हुनसक्ने अवस्था नरहेको बताइन् ।

प्रतिस्पर्धीलाई बजार दिएर टेलिकमले आफ्नो क्षमता बढाउन नसकेको उनले टिप्पणी गरिन् ।  ‘निजी क्षेत्रका मोबाइल सेवा प्रदायकले थोरै लागतमा धेरै काम गर्ने तर, सरकारीले धेरै खर्चमा पनि सन्तोषजनक काम गरेको नदेखिँदा अनियमितता भएको आशंका हुन्छ नै’, उनले भनिन् ।

यही तरिकाले अघि बढ्ने हो भने टेलिकम टाट पल्टिने सांसद झाँक्रीको दाबी छ । सांसद विष्णु पौडेलले फोरजी विस्तार अत्यन्तै सुस्त गतिमा अघि बढेको बताए ।

सांसद सुरेन्ऽ पाण्डेले तोकिएको समयमा काम नसकिएको भन्दै फोरजी विस्तारमा असन्तुष्टि व्यक्त गरे । उनले निजीलाई प्रोत्साहन गरेर सरकारीलाई रोक्ने काम जायज नहुने बताए ।

सांसद ज्ञानेन्ऽ कार्कीले टेलिकमको फोरजी सेवा विस्तारबारे समितिमा पर्याप्त छलफल नभएको गुनासो गरे ।  फोरजी विस्तार गम्भीर विषय भन्दै उनले व्यापक छलफल गरेर मात्रै समितिले निर्णय लिनुपर्ने धारणा राखे ।

मंगलबार पुनः बैठक बसेर यस विषयमा थप छलफल गर्ने समिति सभापति कृष्ण दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment