Comments Add Comment

अनमोल भन्छन्–‘भारतले नेपाललाई हेपेको छ’

नायक अनमोल केसीले भारतले नेपाललाई हेपेको बताएका छन् । आज आयोजित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले भारतले नेपाललाई विभिन्न तरिकाले हेपेको बताउँदै आफूहरुले बनाएको चलचित्रले देशको स्वाभिमानको कथा बोल्ने बताए ।’

अनमोलले अगाडि भने–‘सबै नेपालीमा एकता हुनुपर्छ र देशका लागि कुनै न कुनै रुपमा योगदान गर्नुपर्छ भन्ने कथामा क्याप्टेन बनेको छ । चलचित्रमा काम गर्दा मैले निकै दुख पाएको छु ।’ अनमोलले आफूलाई विश्वमै मनपर्ने खेलाडी ‘मेस्सी’ भएको बताए । चलचित्रको लागि अभ्यास गर्नु अगाडि कहिले पनि फुटबल नखेलेका अनमोलले आफूलाई फुटबलको बारेमा जानकारी भने सबै भएको सुनाए ।

यस्तै, नायिका उपासना सिंह ठकुरी र प्रियंका एमभीले आफूहरुको नयाँ चलचित्र भएतापनि निकै मिहिनेत गरेर शतप्रतिशत दिन खोजेको बताए । चलचित्रका निर्माता भूवन केसीले पत्रकार सम्मेलनमा भने–‘यो चलचित्र बम्पर हिट भएपनि म यसको सिक्वेल बनाउन सक्दिनँ । किनकी, यो चलचित्र बनाउन निकै गाह्रो भयो । चलचित्रले खेलकुदको माध्यमबाट राष्ट्रियताको कथालाई उठान गरेको छ ।’

चलचित्रका निर्देशक दिवाकर भट्टराइले राम्रो कथामा उत्कृष्ट चलचित्र बनाउन आफूहरुले कुनै कसर बाँकी नराखेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment